एनआईसी एसिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
आइतबार, ०८ पुस २०८०, १४ : ४७
काठमाडौँ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले शनिबार कञ्चनपुर, बोडगाउँ, कन्चन, रामापुर, गोबरैया र बेलाशपुर बान्डुसेन शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुस महिनामा सो कार्यक्रम सम्पन्न गरेको हो ।
समुदाय स्तरमा रहेका सदस्यहरूलाई वित्तीय कारोबार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वित्तीय सेवा सम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन आदि जस्ता कुराहरूमा चेतना वृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास संस्थाले लिएको छ । संस्थाले रौलेश्व मा.वि. चवन्नी बजारका ६८ भन्दा बढी विद्यार्थी तथा कन्चन, रामापुर, गोबरैया, बेलाशपुर, बान्डुसेन, कञ्चनपुर अन्तर्गतका १८६ महिलाहरूलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुनै पनि उडान प्रभावित नगर्न चालकहरुलाई निगमको अनुरोध
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
-
जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु
-
सवारी दुर्घटनामा दम्पतीको मृत्यु