सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सुरु

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दामा सुनुवाइ सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनुवाइ सुरु भएको हो ।
आइतबार सुरुमा सरकारी वकिलका तर्फबाट बहस हुनेछ । सरकारी वकिल तर्फबाट जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल र सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गर्ने तयारी गरेका छन् । त्यसैगरी प्रतिवादीका तर्फबाट लिड लयर रहेका अधिवक्ता सरोजकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमणकुमार श्रेष्ठ, कृष्ण सापकोटा र सबिता भण्डारी, अधिवक्ताहरु रोशनी पौडेल र मुरारी सापकोटाले बहस गर्ने तयारी रहेको छ ।
सुरुमा वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलको बहस हुनेछ । त्यसपछि प्रतिवादीतर्फका वकिलहरुले आफ्नो बहस गर्नेछन् । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता र अधिवक्ता गरी ७ जनाले बहसको तयारी गरेकाले आइतबार नै बहस सकिने सम्भावना भने न्युन छ ।
आइतबार सरकारी वकिलका तर्फबाट थोरै मात्रै बहस भएमा प्रतिवादीका तर्फबाट २ जना अधिवक्तासम्मको बहसको सम्भावना रहेको छ । तर सरकारी वकिलले मात्रै आइतबार बहस गरेमा सोमबार दिनभर जसो प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस हुनेछ । प्रतिवादीका कानुन व्यवसायीको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गरेपछि मात्रै अदालतले आफ्नो फैसला सुनाउनेछ ।
कानुन व्यवसायीको सङ्ख्या धेरै भएको, प्रतिवादीका कानुन व्यवसायीबाट ४४ पृष्ठको बहस नोट पेस भएको आदि कारणबाट यो मुद्दा आइतबार हेर्दाहेर्दैमा रहेर छिटोमा सोमबार र ढिलोमा मंगलबारसम्म फैसला हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार विधेयकलाई चाँडै टुङ्ग्याउनु पर्नेमा सांसदहरूको जोड
-
मेस्सीको उत्कृष्ट प्रदर्शनपछि हारबाट जोगियो इन्टर मियामी
-
ओली सरकार नालायक र अयोग्य छ : माधव नेपाल
-
प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न पत्राचार
-
स्वास्थ्य बिमा कार्यक्रम रोकिएकोबारे संसद्मा उठ्यो प्रश्न
-
पाथीभरा क्षेत्रमा भएको प्रहरी दमनको माओवादीद्वारा विरोध