राजनीतिको नैराश्य भावलाई संकल्प यात्राले चिर्ने काम गरेको छ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मंसिर १४ देखि पुस १ सम्म गरेको सम्मृद्धिका लागि संकल्प यात्राले सम्मृद्धिको प्रयासलाई असाधारण बल दिएको बताएका छन् । साथै उनले पछिल्लो नेपालको राजनीतिले अस्थिरता र निराशा जनतामा आइरहेको अवस्थामा यात्राले नैराश्य भावलाई चिर्ने काम गरेको पनि बताए ।
‘गलत भाष्य निरर्थक र असान्दर्भिक तुल्याएको छ’, ओलीको भनाइ छ । उनले राजनीतिलाई हिंसा, उत्तेजनालगायतका प्रवृतिलाई यात्राले निस्तेज पारेको ओलीको दाबी छ ।
ओलीले यात्रा सांस्कृतिक जस्तो समेत बनेको भन्दै आफूहरु जहाँ जहाँ पुग्यो त्यहाँका संस्कृतिबारे जान्ने मौका मिलेको बताए । आइतबार पार्टी कार्यालय च्यासलमा झुलाघाट–चिवा भञ्ज्याङ संकल्प यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यात्राका अनुभवबारे सुनाउँदै पातमा समेत खाना खाएको बताए ।
‘संकल्प यात्रा अत्यन्तै उत्साहप्रद र सफल रह्यो । जनताको चासो, साथ सहयोग, समर्थन र स्वागत जुन कोणबाट हेर्दा पनि सफल नै सफल रह्यो’, उनले भने, ‘लाखौं मानिस प्रत्यक्ष सरिक हुनुभयो ।’
यात्राका क्रममा देखिएको उत्साहले पार्टीले लिएको उदेश्यलाई असाधारण ढंगले बल दिएको भन्दै उनले देशको विविधतामा ठुलो लुब्रिकेन्टस दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म