प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : एपीएफले ९० रनले हरायो लुम्बिनी प्रदेशलाई

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई ९० रनको फराकिलो अन्तरले हराएको छ । जारी प्रतियोगितामा एपीएफ क्लबको यो लगातार तेस्रो जित हो ।
तीन खेल खेलेको लुम्बिनी प्रदेशले भोगेको यो दोस्रो हार हो । एक खेलमा लुम्बिनी प्रदेश विजयी भएको थियो । टस जिती पहिले ब्याटिङ रोजेको एपीएफ क्लबले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर ६१ रनमात्र बनाउन सक्यो ।
लुम्बिनी प्रदेशका लागि ओपनर लक्ष्मी चौधरीले मात्र दोहोरो अंकमा रन बनाउन सकिन् । लक्ष्मीले २८ रन बनाइन् । उनले ४९ बलको सामना गरी दुई चौका पनि हिर्काइन् । अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । आसमा पुलामी मगर चार र कप्तान सरस्वती जीएम नौ रनमा आउट भए । सरस्वती पुनले एक रन बनाइन् भने चमेली चौधरीले खातासम्म खोल्न सकिनन् । सुस्मिता बजगाईले टोलीको खातामा आठ रन थपिन् ।
कमला जीम र मधु डीसी शून्य रनमै पेभेलियन फर्किए । कृतिका मरासिनीले चार रन जोडिन् । सर्मिला रोक्का शून्य र मनिषा राना एक रनमा अविजित रहिन् । लुम्बिनीले अतिरिक्त रुपमा ६ रन पायो । एपीएफ क्लबकी बलर इन्दू बर्माले तीन विकेट लिइन् । उनी प्लेयर अफ दी म्याच पनि घोषित भइन् । बिनु बुढाले दुई विकेट हात पारिन् । रेखा रावल, करुणा भण्डारी र सीता रानामगरले पनि एक–एक विकेट लिए ।
त्यसअघि काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ रोजेको एपीएफ क्लबका लागि ओपनर ममता चौधरीले अर्धसतकीय योगदान गरिन् । ममताले ५९ रन बनाइन् । उनले ५८ बलको सामना गरी पाँच चौका पनि हिर्काइन् । तेस्रो नम्बरकी ब्याट्र इन्दू बर्माले अविजित ७० रनको योगदान गरिन् ।
प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएकी इन्दूले केवल ५१ बलमा एक छक्का र सात चौका पनि प्रहार गरिन् । ओपरन सीता रानामगरले ६ बलमा दुई चौकाको मद्दतले नौ रन बनाइन् । उनी टोलीकी कप्तान पनि हुन् । राजमती ऐरी दुई रनमा पेभेलियन फर्किइन् । रोमा थापाले अविजित तीन रन बनाइन् । एपीएफ क्लबले अतिरिक्त रुपमा आठ रन पायो । लुम्बिनी प्रदेशकी बलर शर्मिला रोक्का र सरस्वती पुनले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित