आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशमा दुई जना मृत अवस्थामा फेला

आइतबार, ०८ पुस २०८०, १२ : ४३
आइतबार, ०८ पुस २०८०

मोरङ । कोशी प्रदेशको दुई जिल्लामा एक जना पुरुष र एक महिला मृत फेला परेका छन् । मोरङको विराटनगर महानगरपालिका–५ कोचाखाल चोक डेरा गरी बस्ने भोजपुर नगरपालिका–७ पोखरे लाइन घर भएका  ७० वर्षीय सम्बर बहादुर श्रेष्ठ आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन्  ।

यता धनकुटाको धनकुटा नगरपालिका–९ बेलहारा बेसी बस्ने ७४ वर्षीय ईन्द्र कुमारी राई सोही ठाउँस्थित तमोर नदी किनारामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।  

दुवै घटनामा आवश्यक अनुसन्धान प्रक्रिया सुरु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप