संक्रमणकालीन न्यायलाई सहमतिमै टुंग्याउन शीर्ष नेताको जोड, सोमबार पुनः छलफल

काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबिच संक्रमणकालीन न्यायसम्बन्धि विधेयकलाई सहमतिमै अघि बढाउनेबारे छलफल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच संक्रमणकालीन न्यायलाई सहमतिमै टुंग्याउने विषयमा छलफल भएको बालुवाटार बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
‘संक्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा नेताहरुबिच छलफल भयो । सामान्यतया यो विषयलाई चाँडो टुंगोमा पुर्याउ भन्नेमा नेताहरुले भनाइ राख्नुभयो’, नेता लेखकले रातोपाटीसँग भने, ‘सोमबार बेलुका चार बजे पुन: अर्को बैठक बसेर छलफल गर्ने सहमति भएको छ ।’
उनका अनुसार नेताहरुबिच बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)मा सहमति जुटाउनुपर्नेमा नेताहरुको जोड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.३ प्रतिशत र कर्जा प्रवाह ६ प्रतिशतले वृद्धि
-
सुर्खेत उपत्यका नगर विकास समितिका सहायक लेखापाललाई अख्तियारले समात्यो
-
सरकारको चालु खातामा १ खर्ब ८० अर्ब ८ करोड बचत
-
स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता, के भयो कुराकानी ?
-
अघिल्लो वर्षको तुलनामा मुद्रास्फीति घट्यो : राष्ट्र बैंक
-
रास्वपाको सचिवालय बैठक जारी