राष्ट्र बैंकले आज १७ अर्ब ११ करोडको ट्रेजरी बोलकबोल गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार १७ अर्ब ११ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले पुस ११ गते बुधबार जारी गर्नेगरी २८ दिने, ९१ दिने र ३६४ दिने गरी तीन किसिममा कूल १७ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
यद्यपि, केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो । बैंकको सूचनाअनुसार कुल रकममध्ये २८ दिनेका लागि ५ अर्ब रुपैयाँ ९१ दिनेका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ नवीकरण गरिनेछ भने ३६४ दिनेका लागि २ अर्ब रुपैयाँ नवीकरण गरिनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो २ बजेभित्र ट्रेजरी नवीकरणका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ । यसअघि केन्द्रीय बैंकले पुस २ गते १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव : निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्न लाग्नुस्
-
कसले गर्यो केपी ओलीविनाको ‘एमाले’ कल्पना ?
-
सीईओ गोविन्द घिमिरेले सम्हाले एनएमबि बैंकको कार्यभार
-
संविधान र संघीयता कार्यान्वयनमा बाधा भइरहेको छ – मन्त्री लामिछाने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्छौँ : मुख्यमन्त्री आचार्य
-
चर्चित ब्राजिलियन खेलाडी कार्लोस एनएसएल हेर्न दशरथ रंगशालामा (तस्बिरहरु)