भारतीय कांग्रेसको संगठनमा परिवर्तन, प्रियंकालाई इन्चार्जबाट हटाइयो
आइतबार, ०८ पुस २०८०, १० : ४०

नयाँ दिल्ली । अर्को वर्ष हुन लागेको लोकसभा चुनावअघि भारतीय कांग्रेसले आफ्नो संगठनमा धेरै महत्त्वपूर्ण परिवर्तन गरेको छ । नेतृ प्रियंका गान्धीलाई यूपी कांग्रेसको इन्चार्ज पदबाट हटाइएको हो ।
उनलाई अहिले कुनै नयाँ जिम्मेवारी दिइएको छैन । तर उनी एआईसीसी महासचिवमा रहनेछिन् । प्रियंकाको स्थानमा अविनाश पाण्डेलाई उत्तर प्रदेशको इन्चार्ज नियुक्त गरिएको छ ।
यसबाहेक सचिन पायलटलाई छत्तीसगढ कांग्रेसको इन्चार्ज र एआईसीसीको महासचिव बनाइएको छ। मुकुल वासनिकलाई गुजरातको इन्चार्ज र रणदीप सुरजेवालालाई कर्नाटक राज्यको इन्चार्ज बनाइएको छ ।
पार्टीले केही दिनअघि मध्य प्रदेशमा पनि अध्यक्ष परिवर्तन गरेको थियो । पार्टीले यो जिम्मेवारी जितु पटवारीलाई दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली नेपालभर सक्रिय
-
नेपाल र अफगानिस्तानबिच निर्णायक खेल आज, जित्ने टोली सिधै विश्वकपमा
-
प्रेमिकालाई घुम्न जान रोक्न बमको हल्ला, १९ वर्षीय प्रेमीलाई जेल सजाय
-
शर्मिला बर्देवाको लोक कोसेली 'कश्मीरे गम्छा' सार्वजनिक
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ धेरै वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कति फलदायी ?