अमेरिकी ब्यान्ड ‘डिक्सी चिक्स’ की संस्थापकको दुर्घटनामा निधन
आइतबार, ०८ पुस २०८०, ०९ : ५८

टेक्सास । अमेरिकी कन्ट्री साङ्गीतिक ब्यान्ड ‘डिक्सी चिक्स’ की संस्थापक सदस्य लाउरा लिन्चको कार दुर्घटनामा निधन भएको छ । उनी ६५ वर्षकी थिइन् ।
द टेक्सास डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीका अनुसार शुक्रबार एल पासोमा दुई सवारीबिच भएको दुर्घटनामा उनको मृत्यु भएको हो । समाचारबारे प्रतिक्रिया जनाउँदै हालको ब्यान्डका सदस्यहरूले आफूहरू स्तब्ध र मर्माहत भएको बताएका छन् ।
टेक्सासको डालासमा सन् १९८९ मा डिक्सी चिक्सको स्थापना भएको थियो । यसमा लिन्च (बेसिस्ट र गायक), रोबिन लिन मेसी (गायक र गिटारिस्ट) र मार्टी र एमिली अर्विन दिदीबहिनी रहेका थिए ।
उनीहरूले कन्ट्री र ब्लूग्रास सङ्गीतहरू प्रस्तुत गर्ने गर्थे । सन् १९९५ मा लिन्चले उक्त ब्यान्ड छाडेकी थिइन् । तीन वर्षअघि ब्यान्डले आफ्नो नाम ‘द चिक्स’ मा परिवर्तन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा आज पनि पुनर्बीमा कम्पनीकै दबदबा, कारोबार रकम घट्यो
-
अन्तरिक्षमा यसरी प्यान्ट लगाउँछन् अन्तरिक्षयात्री
-
पाथीभरा केवलकार विवादमा गृह मन्त्रालयद्वारा फेरि वार्ता आह्वान
-
सरकारले संसद्मा बलमिच्याइँ गर्न खोज्यो : सांसद शर्मा
-
ओली सरकार राजतन्त्र फर्काउने बाटोमा लागेको नेकपा बहुमतको आरोप
-
सहकारीको समस्याका कारण नेपाल ग्रे लिस्टमा : सांसद राणा