सङ्कटमा युनाइटेड, सन् १९३० यताकै खराब सुरुवात
आइतबार, ०८ पुस २०८०, ०९ : ३८
लण्डन । म्यानचेस्टर युनाइटेडले आफ्नो खराब यात्रा जारी राख्दै प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडसँग पराजित भएको छ । शनिबार वेस्ट ह्यामविरुद्धको २–० को पराजय यो सिजन सबै प्रतियोगितामा टोलीको १३ औँ हार थियो । सन् १९३० यता युनाइटेडले गरेको यो सबैभन्दा खराब सुरुवात हो ।
वेस्ट ह्यामले दोस्रो हाफमा ६ मिनेटको अन्तरमा दुई गोल गरेको थियो । ७२ औँ मिनेटमा जारोड बोवेनले वेस्ट ह्यामलाई अग्रता दिलाए भने लगत्तै मोहामेद कुडुसले अर्को गोल थपे । प्रिमियर लिगमा यो सिजन युनाइटेडको आठौँ हार थियो ।
पछिल्ला सात खेलमा टोलीले मात्र एक खेल जित्न सकेको छ । पराजयसँगै युनाइटेड १८ खेलबाट २८ अङ्क बटुल्दै लिगको आठौँ स्थानमा खस्किएको छ । वेस्ट ह्याम भने ३० अङ्कसहित छैटौँ स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमतका नेताहरू जसपामा प्रवेश
-
इन्डियन प्रिमियर लिग मेगा अक्सन : फाफ डु प्लेसिसलाई दिल्ली र रोभमन पोवेललाई कोलकाताले किने
-
एमाले जग्गा विवाद : आज पनि हेर्न नभ्याइनेमा
-
काठमाडौँ–१६ का उम्मेदवार घरदैलो अभियानलाई तीव्रता दिँदै
-
आइभरी कोस्टको नाममा लेखियो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको खराब कीर्तिमान !
-
अफगानिस्तानमा गाडी दुर्घटना, ६ जनाको मृत्यु