यी चार युवा, जसले रसिया गएर विश्वकप फुटबल हेर्ने ‘लक्की ड्र’ जिते
काठमाडौं– कहिलेकाहीं विश्वास नगरिएका र विश्वास गर्नै नसकिने विषय पनि विश्वास गर्न बाध्य भइन्छ । जसको विश्वास गर्न घन्टांै— घन्टासम्म घोत्लिनुपर्छ । विश्वास गर्न कतै म निद्रामा त छैन भनेर आफंैले आफैंसँग मनोवाद गर्नुपर्छ । मनोवादको लामो अन्तद्र्वन्द्वपछि अविश्वासिला घटना सही साबित हुन्छ । त्यस्तै भयो यी चार युवाको जीवनमा पनि । सामान्यतयाः विश्वकप त्यसमा पनि फुटबल प्रतियोगितामा प्रायः युवाहरूको ध्यान तानिएको हुन्छ । खेल भएको ठाउँमै गएर हेर्न नपाए पनि ठुल्ठूला प्रोजेक्टर खोज्दै वा घरमै बसेर टीभीमा खेल हेरेर बेपर्वाह आनन्द लिन आजका युवाहरूलाई कसैले सिकाउनैपर्दैन ।
यही २०१८ मा रसियामा हुन गइरहेको फुटबलको प्रतीक्षामा विश्व छ । त्यसबाट नेपाली खेलप्रेमी पनि अछुतो छैनन् । तर, केही युवाको खेलमैदानमै गएर विश्वकप फुटबल हेर्ने सपनालाई भने कोकाकोलाले वास्तविकतामा बदलिदिएको छ । ‘कोक खाऊँ रसिया जाऊँ’ अभियानअन्र्तगत कोकाकोलाले ४० जना नेपालीलाई वल्र्डकप हेर्न रसिया लैजाँदै छ । त्यसमध्येका चार भाग्यमानी युवा हुन्– आशिषमान सिंह (न्युरोड), नरेश श्रेष्ठ (कपन), अनिष ठकुरी (छाउनी) र सुनीलकुमार साह (सिनामंगल) ।
फेब्रुअरी १५ देखि सञ्चालन भइरहेको ‘कोक खाऊँ रसिया जाऊँ’ अभियान अप्रिल १५ सम्म चल्दै छ । हालसम्म झन्डै २१ जना रसिया जान छनोटमा परिसकेका छन् । कोकाकोलाको बोतलको लेभलमा लेखिएको नम्बरलाई एसएमएस गर्दा ‘लक्की ड्र’ मार्फत छनोट भएका यी चार युवाले कसरी पाए अवसर ? रसियाका लागि छनोट भएको खबर सुन्न कतिवटा एसएमएस पठाउनुपर्योलगायतका विषयमा उनीहरूसँगै बुझ्न खोजेका छौं ।
उनीहरूको भनाइ जस्ताको तस्तै प्रस्तुत गरिएको हो ।
पहिलोपटक विश्वास नलागेर दोहोर्याएर फोन गरें : आशिषमान सिंह (न्युरोड)
न्युरोडमा मेरो ब्याग पसल छ । फुटबल हेर्न र खेल्न निकै मन पराउँछु । यसकारण पनि संकटा क्लबसँग औपचारिक रूपले जोडिएको छु । मलाई सुगर रोग लागेको छ । त्यसैले जुनसुकै कुरा सुगर फ्री नै होस् भन्ने लाग्छ । एक दिन मलाई कोकाकोला खान मन लाग्यो तर दाइले नखान भन्नुभयो । पहिला निकै अल्कोहल पिउने भएकाले मधुमेह रोग लागेपछि छोडें । अल्कोहलको प्यास कोकबाट मेटाउन चाहन्थे । तर, दाइले नखान भनेपछि म रिसाएँ । हामी यही कुराको डिस्कस गर्दै महाराजगन्जको भाटभटेनी पुग्यांै । तर, त्यहाँ पुगेपछि चाहिँ दाइले कोक खाने होइन भन्नुभयो ।
एकछिन अघिसम्म दाइ र म खाने÷नखाने बीचमा बहस गर्दै आएका थियौं । तर, त्यहाँ पुगेपछि खाऊ भन्दा म अचम्ममा परें । पसलबाट कोक मागेर खान खोज्दा रसिया जान पाइने लेखेको देखेपछि बोतलको वरिपरि बेरिएको कागज उप्काएँ र त्यसमा नम्बर लेखिएको रहेछ । म्यासेज गर्ने तरिका पनि त्यही कागजमा लेखिएकाले मैले म्यासेज पठाएँ । तर, म्यासेज पठाउँदै गर्दा रसिया जान पाइन्छ भन्ने कुनै आस थिएन । म्यासेज पठाएको तीन दिनपछि तपाईंले रसिया जाने अवसर पाउनुभएको छ भनेर फोन आयो । मैलै कसैले जिस्क्यायो भनेर वास्ता गरिनँ । तर, फेरि हुन पनि सक्ला भनेर त्यही फोन आएको नम्बरमा डायल गरेर सोधे । फेरि पनि तपार्इंले रसिया जाने अवसर पाउनुभएको छ भन्ने जवाफ आएपछि बल्ल पक्का भयो । म संकटा क्लब र नेपालको झन्डा बोकेर रसिया जाने सोचमा छु । लेभल हराए जान नपाइने डरले जतन गरेर राखेको छु ।
आफ्नै पसलमा कोकाकोलाको पोस्टर टाँसेपछि कोक झिकेर खाएँ : नरेश श्रेष्ठ कपन
मेरो घरमा पसल छ । जसको जुन स्किम आए पनि पसल अगाडि पोस्टर टाँस्न विभिन्न मानिस आइरहन्थे । तर, मलाई त्यति वास्ता हुँदैनथ्यो । एक दिन म पसलमा बसिरहेको थिएँ । त्यहीबेला कोक खाऊँ रसिया जाऊँ भन्ने ठूलो पोस्टर पसलअगाडि टाँस्दै थिए । मैले त्यो देखेर कोक खाएपछि रसिया जान पाइन्छ कि भनेर आफ्नै पसलबाट कोक झिकेर खाएँ ।
बोतलमा बेरिएको कागज (लेभल) उप्काएर त्यहाँ भएको नम्बर म्यासेज गरें । र, त्यो लेभल फोहोरको थुप्रोमा फ्याँकिदिएँ । तेस्रो दिनमा तपाईंसँग कोक खाएको लेभल छ भन्दै फोन आयो । हत्तपत्त फोहोरको थुप्रोमा हेरें । तीन दिनदेखि फोहोर लिने गाडी नआएकाले त्यहीं रहेछ, टिपेर ल्याएँ । सुरुमा विश्वास गर्न गाह्रो भयो । पछि आफैं कन्भिन्स भएँ । रसिया जाने अवसर जुराइदिएकोमा कोकाकोलालाई मनैदेखि धन्यवाद भन्न चाहन्छु ।
रसिया जान पाउने खबर आएपछि निद्रा लागेन : अनिष ठकुरी
म छाउनी स्वयम्भूमा बस्छु । सेन्ट जेभियर्समा १२ कक्षामा अध्ययन गर्दै छु । ममीले तेल हाल्न बोतल खोजिरहनुभएको थियो । उहाँले पसलमा गएर ड्यु लिन खोज्दा पसलवालाले कोकमा अफर छ भनेपछि कोक नै किनेर ल्याउनुभएछ । मलाई पनि कोकमा रसिया जाने अफर छ भनेर त थाहा थियो तर मलाई नै पर्ला भनेर अलिकति पनि विश्वास थिएन ।
मैले बोतलमा भएको लेभल झिकेर नम्बर म्यासेज गरिदिएँ । त्यसको एक÷दुई दिनपछि म क्रिकेट खेल्न बानेश्वर गएको थिएँ । ममीको नम्बरमा फोन आएछ । पछि ममीले सबै सुनाउनुभयो तर मैले कसैले ममीलाई जिस्क्यायो होलाजस्तो लाग्यो । भोलिपल्ट शनिवार भएकाले मैले फोन आएको नम्बरमा पर्सिपल्ट आइतवार फोन गरेर सोधें । त्यताबाट पनि रसिया जाने अवसर पाएको खबर पाएपछि मलाई त्यो रात निद्रा नै लागेन । मनमा निकै कौतूहल तथा उत्साह जाग्यो । मलाई फ्रान्सको खेलाडी मन पर्छ । नसोचेको कुरा पुर्याइदिएकोमा कोकप्रति आभारी छु । अब जिन्दगीभरि कोक खाइरहनेछु ।
दाइको पसलबाट कोक झिकेर खाएको थिएँ : सुनीलकुमार साह
म सर्लाहीबाट अध्ययन सिलसिलामा काठमाडौं आएको हुँ । म सीसीआरसीको दस जोड दुईमा अध्ययनरत विद्यार्थी हुँ । दाइको सिनामंगलमा किराना पसल छ । हामी सबै सिनामंगल नै बस्छौं । दाइको पसलमा बसिरहेको बेला कोक झिकेर खाएँ । बोतलको कागज उप्काएर त्यहाँ भएको नम्बर म्यासेज गरेको थिएँ । पाँच दिनपछि फोन आयो । विश्वास नलागेर वास्तै गरिनँ । अर्को दिन फेरि त्यहींबाट तपाईंको फोटो पठाइदिनुस् भनेर फोन आयो । त्यसपछि बल्ल विश्वास लाग्यो । यति टाढा लगेर खेल हेर्ने मौका प्रदान गरेको कोकाकोलालाई मैले शब्दबाट भनेको धन्यवाद अपर्याप्त हुन्छजस्तो लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु