भारतको तमिलनाडुमा बाढीका कारण ३५ जनाको मृत्यु
![भारतको तमिलनाडुमा बाढीका कारण ३५ जनाको मृत्यु](https://npcdn.ratopati.com/media/news/tamilnadu-1_nc0nkfhrv8_tQfMx9CCiZ.jpg)
तमिलनाडु । भारतको दक्षिणी राज्य तमिलनाडुमा यस हप्ता बाढी र वर्षाजन्य दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन्। अप्रत्याशित वर्षाले थुप्रै जिल्लालाई नराम्ररी प्रभावित पारेको र तराईका क्षेत्रहरू डुबानमा परेका छन् भने, सडक र रेल सञ्वालमा गम्भीर असर परेको छ।
तमिलनाडुका मुख्य सचिव शिव दास मीनाले प्रभावित क्षेत्रहरूमा उद्धार कार्य पूरा भएको र आधारभूत सेवाहरूको पुनः स्थापनामा ध्यान केन्द्रित गरिएको बताएका छन् । करिब १७५ सडक खण्ड बिग्रिएकामा १४० वटाको मर्मत गरिएको छ भने बाँकी सडकको पुनः निर्माण काम भइरहेको बताइएको छ । अत्यावश्यक खानेपानी आपूर्ति जस्ता अन्य सेवाहरू पुनः स्थापनको काम भइरहेको छ ।
प्रभावित क्षेत्रका झण्डै ५० हजार मानिसलाई जलमग्न क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ । बाढी र अविरल वर्षाले ३ हजार ७ सय झुपडी र १ सय ७० स्थायी घरमा क्षति पुगेको छ । डुबानका कारण १ लाख ८३ हजार हेक्टरमा लगाएको बालीमा क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा अर्को विमान दुर्घटना, विमानस्थलमै दुई विमान ठोक्किए
-
हमासले बन्दीको रिहाइ रोक्ने बताएपछि ट्रम्पले दिए कडा चेतावनी
-
प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा पाण्डे
-
जग्गा भोगाधिकारमा अड्किँदा चार वर्षदेखि कृषि उपज केन्द्र अलपत्र
-
सर्लाहीको रामटोलमा आगलागी, ५ चौपाया मरे
-
बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै