विकल वाङ्मय पुरस्कार वासुदेव त्रिपाठीलाई
काठमाडौँ । रमेश विकल साहित्य प्रतिष्ठानले यस वर्ष (२०८०) को रमेश विकल वाङ्मय पुरस्कार प्राडा वासुदेव त्रिपाठीलाई अर्पण गरेको छ । शनिवार प्रतिष्ठानले विकलको पुर्ख्यौली थलो आरुबारी (हाल गोकर्णेश्वर-९) मा १५ औं विकल स्मृति सभाको अवसरमा नेपाली वाङ्मयका विशिष्ट साधक त्रिपाठीलाई सम्मान गरेको हो । पुरस्कारको राशी नगद ५० हजार रहेको छ ।
सोही अवसरमा विकलका नाममा स्थापित अन्य पुरस्कारहरू पनि विभिन्न स्रष्टा तथा संस्थालाई प्रदान गरियो । जस अनुसार रमेश विकल–सुशीला समाजसेवा पुरस्कार परोपकार संस्था, काठमाडौँलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी २० हजार रहेको छ ।
यसैगरी रमेश विकल सृजना पुरस्कार माधव काफ्ले (रौतहट) लाई प्रदान गरियो भने रमेश विकल बाल साहित्य पुरस्कार रामबाबु सुवेदी (कास्की) लाई दिइएको छ । साथै रमेश विकल–सुशीला सङ्घर्षशील नारी पुरस्कार सत्यदेवी खड्का (दैलेख) ले हात पारिन् भने रमेश विकलकला–सङ्गीत पुरस्कार कलाकार सुवास गजुरेललाई प्रदान गरियो । यी सबै पुरस्कारको राशी नगद १० हजार रहेको छ ।
प्रतिष्ठानका उपाध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष केके कर्माचार्य, सर्वोच्च अदालताका न्यायाधीश डाक्टर मनोजकुमार शर्मा लगायतले स्रष्टा तथा संस्थाहरूलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष प्राडा हेमनाथ पौडेल, पुरस्कृत स्रष्टा प्राडा वासुदेव त्रिपाठी, अभिनव साहित्य समाजका संस्थापक अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ लगायतले अमर स्रष्टा रमेश विकलले साहित्य सहित विविध क्षेत्रमा दिएको योगदानको चर्चा गरे ।
सोही अवसरमा प्रतिष्ठानको वृद्धि विकासमा स्थापनाकाल देखिनै योगदान दिने संघीय सांसद् तथा अर्थ समितिका सभापति सन्तोष चालिसे, पूर्वमन्त्री रामेश्वर फुयाल र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललाई सम्मान गरिएको थियो ।
यसैबीच प्रतिष्ठानको शनिवार नै सम्पन्न १७ औं साधारणसभाले वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको अध्यक्षतामा प्रतिष्ठानको नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । जसअनुसार कार्य समितिको उपाध्यक्षद्धयमा के–के कर्माचार्य, प्राडा हेमनाथ पौडेल, महासचिवमा विजय चालिसे, सचिवमा वसन्त रिजाल र कोषाध्यक्ष शाम्बकुमार चालिसे रहेका छन् । सदस्यहरूमा महेन्द्र चालिसे, मुना रुपाखेती, मातृका पोखरेल, रामप्रसाद पौडेल र आलोक चालिसे रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संभलमा जामा मस्जिद सर्वेक्षणको समयमा हिंसा, ३ जनाको मृत्यु
-
चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता
-
सुन र चाँदी सस्तिने भो
-
सानेपामा भारतीय नम्बरको ट्रकले ४ वटा गाडीलाई ठक्कर दियो, २ जना घाइते
-
चार महिनामा १० अर्बको खाद्यान्न आयात
-
नेपाल वायुसेवा निगमले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने