क्रिसमस मनाउन राक्सिराङ गाउँपालिकामा ३ दिन सार्वजनिक बिदा

काठमाडौँ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा दिएको छ । सो गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै इसाई धर्मावलम्बीहरुको महान पर्व क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिका आइतबारदेखि मंगलबारसम्म सार्वजनिक बिदा दिने निर्णय गर्दै सो अवधिभर गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, शिक्षण संस्था, सरकारी कार्यालय एवम् बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने जानकारी दिएको छ ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले विज्ञप्तिमार्फत आफ्नो गाउँपालिकामा इसाई धर्माबलम्बीहरुको उल्लेख्य बसोबास रहेकोले ३ दिन बिदा दिइएको बताएका छन् ।
उनले हर्षोल्लासका साथ मनाइने महान चाड क्रिसमसको उपल्यक्षमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाईहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्बृद्धि र उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त