ताइवानको राष्ट्रपति चुनावअघि चीनद्वारा सैन्य शक्ति प्रदर्शन
शनिबार, ०७ पुस २०८०, १९ : ४९

ताइवान । ताइवानले चीनले आफ्नो क्षेत्रमा लडाकु विमान र नौसैनिक जहाज पठाएको जनाएको छ। ताइवानमा राष्ट्रपतीय निर्वाचन हुन तीन साता बाँकी रहेका बेला चीनले यस्तो कदम चालेको हो ।
चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्छ र विगतमा ताइवानको चुनावअघि धेरै पटक आफ्नो सैन्य क्षमता प्रदर्शन गरिसकेको छ। यसैबिच, चीनले शुक्रबार ताइवानबाट ग्रूपर माछा (माछाको एक जात) निर्यातमा प्रतिबन्ध हटाउने निर्णय गरेको छ।
कतिपय विश्लेषकहरूले ताइवानलाई लिएर चीनले एकैसाथ कठोरता र कोमलताको नीति देखाएको विश्वास गर्छन्। ताइवानको राष्ट्रपतीय चुनावमा उम्मेदवारहरू चीनसँग कसरी व्यवहार गर्ने भन्ने कुरामा भिन्न छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान