शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तिलोत्तमा दौडमा करिब ४ सय सहभागी

शनिबार, ०७ पुस २०८०, १८ : ५५
शनिबार, ०७ पुस २०८०

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-९ को आयोजनामा "युवासँग कुद्छ तिलोत्तमा" भन्ने नारा सहित सञ्चालन भएको खुल्ला तिलोत्तमा दौड प्रतियोगिता सम्पन्न भएको छ।तिलोत्तमाको योगिकुटी चोकदेखि मंगलापुरसम्मको ७ किमी दुरी पार गरी विभिन्न ४ समूहका २० जना प्रतियोगिताको उत्कृष्ट स्थानमा परे। 

१२ जनालाई नगद सहित मेडल र प्रमाण पत्र द्वारा सम्मान गरिएको सो खेलमा प्रथम द्वितीय र तृतीय हुने १५ देखि ४० वर्षका महिला पुरुष समूह र ४० देखि माथि उमेरका महिला पुरुष समूहबिच भएको प्रतिस्पर्धामा उतारिएको थियो। रामजानकी मन्दिर परिसर सम्झना बाल उद्यानको परिसरमा सम्पन्न समापन कार्यक्रममा प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगितामा बोल्दै नगरप्रमुख रामकृष्ण खाँणले खेल मार्फत युवाहरूलाई एकजुट बनाउन यस्तो प्रतियोगिताले सहयोग गर्ने बताएका थिए। नगर भित्रका युवाहरूको लागि विभिन्न खाले खेलकुद प्रतियोगिता मात्रै नभएर खेलाडी समेत सम्मान गर्ने र हरेक क्रियाकलापमा नगरपालिका अग्रसर रहेको भन्दै नगरप्रमुख खाँणले युवा मैत्री स्थानीय शासनका लागि नगरपालिका होमवर्कमा रहेको बताए।

प्रतियोगितामा १५ देखि ४० वर्ष सम्मको उमेर समूहमा पुरुष तर्फ विशाल खड्का प्रथम भए भने द्वितीय विजय चापागाईँ, तृतीय आविस क्षेत्री, र चौथो लेख बहादुर झेंडी मगर र पाँचौँ दीपक विश्वकर्मा भएका छन्। त्यस्तै ४० वर्षा देखि माथि उमेरका समूहमा पुरुष तर्फ याम बहादुर डिसुवा प्रथम, द्वितीय हिरा कुमार मानन्धर, तृतीय इन्द्र बहादुर थापा, चौथो यम बहादुर थापा र पाँचौँ धर्म बहादुर पुन भएका थिए।

त्यस्तै महिला तर्फको  १५ देखि ४० वर्ष उमेर समूहमा प्रकृति घिमिरे प्रथम, रक्षा श्रीस द्वितीय, सरस्वती कुँवर तृतीय, रुचि थापा सान्त्वना भएका थिए। त्यस्तै ४० वर्ष माथिका उमेर समूह अन्तर्गत महिला तर्फ राम कुमारी गाहा प्रथम , गायत्री सारु द्वितीय, राधिका गौचन तृतीय, कार्यपालिका सदस्य समेत रहेकी राधा शाही ठकुरी चौथो र सिता भुसाल पाँचौँ भएका थिए। प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हेन प्रतियोगीलाई क्रमशः नगद रु ८ हजार ६ हजार र ४ हजार सहित मेडल र प्रमाण पत्र द्वारा सम्मान गरिएको थियो भने सहभागी सबैलाई नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वर देवी चौधरी, वडा अध्यक्ष ध्रुव न्यौपाने, गणेश पाठक, देवीलाल पंगेनी, गोपाल घिमिरे, रमेश डुम्रे,हरि बहादुर क्षेत्री लगायतले प्रमाणपत्र प्रदान गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप