विकल वाङ्मय पुरस्कार त्रिपाठीलाई

काठमाडौँ । रमेश विकल साहित्य प्रतिष्ठानले यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार प्रा.डा वासुदेव त्रिपाठीलाई अर्पण गरेको छ । शनिबार प्रतिष्ठानले विकलको पुर्ख्यौली थलो आरुबारी (हाल गोकर्णेश्वर—९) मा १५ औँ विकल स्मृति सभाको अवसरमा नेपाली वाङ्मयका विशिष्ट साधक त्रिपाठीलाई सम्मान गरेको हो । पुरस्कारको राशि नगद ५० हजार रहेको छ ।
सोही अवसरमा विकलका नाममा स्थापित अन्य पुरस्कारहरू पनि विभिन्न स्रष्टा तथा संस्थालाई प्रदान गरियो । जस अनुसार रमेश विकल–सुशीला समाजसेवा पुरस्कार परोपकार संस्था, काठमाडौँलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि २० हजार रहेको छ ।
यसै गरी रमेश विकल सृजना पुरस्कार माधव काफ्ले (रौतहट) लाई प्रदान गरियो भने रमेश विकल बाल साहित्य पुरस्कार रामबाबु सुवेदी (कास्की) लाई दिइयो । साथै रमेश विकल–सुशीला सङ्घर्षशील नारी पुरस्कार सत्यदेवी खड्का (दैलेख) ले हात पारिन् भने रमेश विकलकला–सङ्गीत पुरस्कार कलाकार सुवास गजुरेललाई प्रदान गरियो) । यी सबै पुरस्कारको राशि नगद १० हजार रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बजेट निर्माणको चटारो, आकार बढाउने तयारी
-
उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रसारण लाइनकाे काम धमाधम
-
एनआरएनए महाधिवेशनसम्बन्धी मुद्दाको पेसी न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा
-
सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो
-
सिन्धु नदीको पानी रोके प्रतिक्रिया दिने पाकिस्तानको चेतावनी
-
पन्तलाई २४ लाख रुपैयाँ जरिवाना