शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

वीरगन्ज युनाइटेडले प्लेअफमा पुग्ने अवसर गुमायो

शनिबार, ०७ पुस २०८०, १८ : ३८
शनिबार, ०७ पुस २०८०

काठमाडौँ । वीरगन्ज युनाइटेडले शनिवार पुछारको टोली बुटवल लुम्बिनीसँग १–० ले हार व्यहोरेसँगै प्लेअफमा पुग्ने अवसर खेर फालेको छ ।

दशरथ रंगशालामा जितले वीरंगज युनाइटेडको डेब्यु सिजनमै प्लेअफ यात्रा तय गर्थ्यो । तर, वीरगन्ज फिनिसिङ चुक्यो र अन्तिम समयमा गोल व्यहोरेपछि साँघुरो हार व्यहोर्न बाध्य भयो । यो नतिजासँग आठ खेल पूरा गरेर १० अङ्कसहित चौथो स्थानमा रहेको झापाको प्लेअफ सम्भावना जीवन्त रह्यो । आजकै दोस्रो तथा यो सिजनकै अन्तिम लिग खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटीविरुद्ध जित निकालेमा भने झापाको प्लेअफ लक्ष्य पूरा हुनेछैन । यो खेलमा बराबरी या काठमाडौँको हारले भने झापाको प्लेअफ यात्रा सम्भव हुनेछ ।

शनिवारको जितपछि बुटवल लुम्बिनी आठ खेलबाट १० अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ । यता, हार व्यहोरेपछि वीरगन्ज भने आठ खेलबाट आठ अङ्कसहित सातौँ स्थानमा यथावत् छ । त्यसअघि खेलको पहिलो आक्रमण बुटवलले दसौँ मिनेटमा गरेको थियो । जिलेस्पीजंग कार्कीको प्रहार डिफ्लेक्ट भएर बाहिरिएपछि बुटवल अग्रता लिन चुक्यो । एक मिनेटपछि नै वीरगन्जका ओबेदको बक्स बाहिरबाट प्रहार पोस्टको दिशामा हुन सकेन । १५ औँ मिनेटमा जिलेस्पीको क्रस दीप कार्कीले सहजै रोके ।

लगत्तै वीरगन्जले पेनाल्टी अपिल गरे पनि रेफ्रीले अस्वीकार गरे । आन्द्रे बियिकले आफ्ना खेलाडी विलियम ओपोकुलाई लडाएको भन्दै वीरगन्जले पेनाल्टी अपिल गरेको थियो । २५ औँ मिनेटमा सुशील लामाको कर्नर लुम्बिनीका गोलकिपर मोहमोडुले समात्न नसके पनि रेफ्रीले फल दिएपछि खतरा टर्‍यो । ३०औँ मिनेटमा सुशील लामाको सट ब्लक भएपछि वीरगन्ज फेरि अग्रता लिन असफल भयो । पहिलो हाफको थप समयमा आशिष लामाको सट पोस्टबाट टाढा रह्यो ।

जिलेस्पीको क्रस नियन्त्रणमा लिएका उनी पोस्टको दिशामा राख्न असफल भएका हुन् । त्यससँगै पहिलो हाफ गोलरहित बराबरीमै रह्यो । दोस्रो हाफमा वीरगन्जले धेरै अवसर सिर्जना गरे पनि गोल गर्न सकेन । बुटवलले ५५ औँ मिनेटमा अग्रता लिने प्रयास सफल हुन सकेन । बुटवलका आशिष लामाको सट बारमा लागेर फर्किंदा वीरगन्जका गोलकिपर दीपले नियन्त्रणमा लिए । लगत्तै वीरगन्जका सब्सिच्युट खेलाडी सुनिल खड्काको सट पनि बारमा लागेर फर्कियो ।

लगत्तै बुटवलका गोलकिपर मोहमदुले क्लियर गरिदिए । लुम्बिनीका कप्तान एरिक बिष्टको ७७औँ मिनेटमा पनि गोलकिपर दीपले बचाए । तर, इन्जुरी समयमा चन्दन दासको गोलबाट बुटवलले अग्रता लियो । एरिकले पास नियन्त्रणमा लिँदै उनले वीरगन्जका गोलकिपर दीपसँग वान भर्सेस वानमा गोल गरेका हुन् । यससँगै वीरगन्ज पराजित भयो र प्लेअफमा पुग्ने लक्ष्य अधुरै बन्यो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप