गजल
शनिबार, ०७ पुस २०८०, १६ : ५४
बा ! त्यो आँसु मिसिएको रातो टीका निधारमा भार भयो
तिम्रा काखमा टाउको राखी निदाउँला भन्थे हार भयो ।
यही माटोमा खेलेँ पहिलो पाइलो यही धरतीमा टेकेँ
बा ! विवशताले यही धरतीको माटो आज धार भयो ।
सधैँ आफ्नै पसिनाले सिँचेको त्यो ठुलो गहिरी खेत
हाम्रो होइन रहेछ बा ! फल दिन नसकी टार भयो ।
कति खोजेँ बा ! मैले आफ्नै देशको माटोको सुगन्ध
एक मुठ्ठी माटो निधारमा लाऊँ भन्दा आज क्षार भयो ।
दौडिएँ, कति भौँतारिएँ बा ! तिम्रो आँसु पुछौँ भनेर
जता जाऊँ उतै पाइला रोकिए बा, बाटो सबै बार भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा श्रमजीवी पत्रकार बन्न सहज छैन : जनार्दन शर्मा
-
ट्याटु खोप्दा रगतको क्यान्सर हुने खतरा
-
१४ करोड बराबरको अल्कोहलयुक्त पेय पदार्थ निर्यात
-
निजी मेडिकल कलेजमा स्नातकोत्तर भर्ना हुने आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन कार्यदलको सुझाव
-
पार्टी एकताबद्ध भएर जानुको विकल्प छैन : सिटौला
-
क्रियाशील सदस्यहरूले नै क्रियाशील सदस्यताको महत्त्व नै बुझाउन सकेनन् : उपप्रधानमन्त्री सिंह