कविता
जीवनको मोल
शनिबार, ०७ पुस २०८०, १२ : ०७

रहस्यपूर्ण देखिन्छ दुनियाँको चलन
अनमोल हुन्छ, गुमाएको वस्तु
अनमोल हुन्छ, बितेको पल
अनमोल हुन्छ, टुटेको नाता सम्बन्ध
बाँचुन्जेल जीवनप्रति वितृष्णा जागे पनि
अनमोल हुन्छ, मृत्यु नजिकिँदा जीवनको मोल
बाँचुन्जेलभन्दा मरेपछि
अनमोल हुन्छ, उसको महत्त्व
बाँचुन्जेल कसैप्रति घृणा भए पनि,
श्रद्धा जाग्छ, मृत्युपछि
बाँचुन्जेल मन नपराएको मानिस पनि
मन पर्छ, मरेपछि
जीवित रहेसम्म अवगुण हुने पनि
गुण मात्र देख्छ मरेपछि
अनि भन्छन सबैले आहा ! कति गुणिलो राम्रो मान्छे ?
आफूसँग हुँदा त्यसको महत्त्व नभए पनि
अनमोल हुन्छ, आफूसँग नहुँदा त्यही पनि
अनि भन्छन् सबैले आहा ! कति राम्रो ?
यस्तै छ, मानिसको मन,
यस्तै छ, समाजको रीति
अनि यस्तै छ, दुनियाँको चलन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा
-
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप मंगलबारदेखि
-
ऊर्जाराज्यमन्त्री भन्छन्– कुलमानलाई हटाउन हुँदैन
-
रिंकुकुमारीको न्यायका लागि अखिल क्रान्तिकारीले गर्यो माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
-
प्रहरी कुट्ने अखिलका नेता जोशीसहित ५ जनालाई धरौटीमा रिहा गर्न आदेश