प्राधिकरणले बिजुली काटेपछि महासङ्घमा आकस्मिक बैठक, सरकारको प्रतिरोध गर्ने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चार उद्योगको बिजुली काटेपछि नेपाल उद्योग वाणिज्य महासङ्घले आकस्मिक बैठक बोलाएको छ । प्राधिकरणले शुक्रवार डेडिकेटेड र ट्रंक लाइनको बिजुली बिल नतिरेको भन्दै ४ उद्योगको लाइन काटेको थियो ।
प्राधिकरणले जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो । यी उद्योगहरूबाट कूल ८ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली बिल तिर्न बाँकी रहेको प्राधिकरण स्रोत बताउँछ ।
पटक–पटक बिजुलीको बिल तिर्न ताकेता गरे पनि नतिरेपछि लाइन कोटेको प्राधिकरणले जनाएको छ । प्रधानमन्त्रीकै इच्छाअनुसार ठुला उद्योगहरूको लाइन काटेपछि प्रतिरोध गर्ने लक्ष्यसहित महासङ्घले बैठक बोलाएको हो ।
बैठकमा वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले नेतृत्व गर्नेछन् । महासङ्घका अध्यक्ष भने काठमाडौँ बाहिर छन् । बैठकमा सम्बन्धित वस्तुगत सङ्घको सहभागिता रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको न्यूनतम तलब ३५ हजार हुनुपर्ने निष्कर्ष
-
आईसीसी च्याम्पियन्स ट्रफी : न्युजिल्याण्डद्वारा भारतसामु २ सय ५२ रनको लक्ष्य प्रस्तुत
-
एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय सिनियर डीसीईओमा बढुवा
-
गणतन्त्र कि राजसंस्था : नेपाली जनताको राजनीतिक संघर्ष र चाहना
-
च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडले बाडे अंक
-
कोशी प्रदेश सरकारको दुईवटा भेन्टिलेटर ‘गायब’ !