अनेरास्ववियु गण्डकीकाे अध्यक्षमा गोरखाका प्रविन चयन
शनिबार, ०७ पुस २०८०, ०९ : २४

पोखरा । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको गण्डकी प्रदेश अध्यक्षमा गोरखाका प्रविन श्रेष्ठ चयन भएका छन् । पोखरामा भएको पहिलो अधिवेशनले उनको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
उपाध्यक्षमा कास्कीका सुशन घिमिरे र स्याङजाका विश्वदर्शन पराजुली चयन भएका छन् । सचिवमा नवलपुरका सुरज सापकोटा, सहसचिवमा डिएन (दिननाथ) लामिछाने, स्वीकार पोखरेल, अनिल कुँवर र महिला तर्फ कृति भट्टराई चयन भए । कोषाध्यक्षमा विक्रम क्षेत्री चयन भएका निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षमा तनहुँका आरके पोखरेलको पनि दाबी थियो । तर श्रेष्ठ केन्द्रमा एमाले महासचिव शंकर पोखरेल निकट भएका कारण उनको विरुद्धमा कसैले पनि दाबी नगरेका विद्यार्थी नेताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ
-
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित