फ्रान्सले किन रोक्यो भारतीय बोकेको चार्टड विमान ?

काठमाडौँ । मानव तस्करीको आशङ्कामा फ्रान्सले भारतको चार्टड उडान रोकेर अनुसन्धान थालेको छ । फ्रान्सले निकारागुआका लागि ३०३ भारतीय यात्रु बोकेको चार्टर्ड उडान रोकेर यात्राको अवस्था र उद्देश्यबारे अनुसन्धान सुरु गरेको हो ।
विमानबाट मानव तस्करी भएको आशङ्का गरिएको छ । तर, यस विषयमा अहिलेसम्म भारतीय विदेश मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन ।
पेरिस सरकारी वकिलको कार्यालयले सङ्गठित अपराधसँग सम्बन्धित एक विशेषज्ञ इकाई, सीमा प्रहरी र उड्डयनसँग सम्बन्धित एजेन्सीले अनुसन्धान गरिरहेको बताएको छ ।
उनीहरुले सोधपुछका लागि दुई जनालाई पक्राउ गरेको छ । साथै, विमानका यात्रुसँग पनि सोधपुछ भइरहेको छ । यस सम्बन्धमा कुनै अज्ञात व्यक्तिले जानकारी दिएको बताइएको छ । यो विमान ए–३४०रोमानियाको चार्टर कम्पनी लिजेन्ड एयरलाइन्सको हो ।
दुबई (युनाइटेड अरब इमिरेट्स)बाट उडेको उक्त विमान प्राविधिक रोक (इन्फ्युलिङ)का लागि बिहीबार दिउँसो बेट्री विमानस्थलमा अवतरण गरेको थियो । यो एयरपोर्ट पेरिसबाट १५० किलोमिटर पूर्वमा अवस्थित छ र प्रायः कम लागतको एयरलाइन्सका लागि प्रयोग गरिन्छ । प्रहरीले विमानस्थल पूरै घेराबन्दी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल