सिटीलाई पहिलोपटक क्लब विश्वकपको उपाधि

रियाद । जुलियन अल्भारेजको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले फ्लुमिनेसेलाई हराउँदै पहिलोपटक फिफा क्लब विश्वकपको उपाधि जित्न सफल भएको छ । सिटीले ब्राजिलियन टोलीलाई ४–० गोल अन्तरले सजिलै हराएको हो ।
पेप ग्वार्डिओलाको टोलीले खेलको ४० औँ सेकेन्डमा नै अग्रता लिएको थियो । अल्भारेजले सिटीका लागि पहिलो गोल गरे । २७ औँ मिनेटमा निनोले आत्मघाती गोल गरेपछि सिटीले दुई गोलको अग्रता बनायो ।
दोस्रो हाफको ७२ औँ मिनेटमा फिल फोडेनको टोलीका लागि तेस्रो गोल गरे भने ८८ औँ मिनेटमा अल्भारेजले अर्को गोल थपे । योसँगै म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सीपछि क्लब विश्वकपको उपाधि जित्ने सिटी चौथो प्रिमियर लिग टोली बनेको छ ।
यसका साथै सिटीले यो वर्ष पाँचवटा उपाधि पनि जित्न सफल भएको छ । यस्तो गर्ने सिटी पहिलो इंग्लिस टोली हो । सिटीले यो वर्ष प्रिमियर लिग, एफए कप, च्याम्पियन्स लिगका साथै यूईएफए सुपरकप जितिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणघाट-बुटवल सडकमा साना पुल निर्माण सम्पन्न
-
एस्टन भिल्लालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश
-
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ