पछिल्लो ४८ घण्टामा इजरायली हमलामा ३९० प्यालेस्टाइनीको मृत्यु
शुक्रबार, ०६ पुस २०८०, २२ : ४४

गाजा । गाजाको स्वास्थ्य मन्त्रालयले गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा ३९० प्यालेस्टाइनीको मृत्यु भएको र ७३४ जना घाइते भएको जनाएको छ ।
मन्त्रालयका अनुसार गत अक्टोबर ७ मा इजरायल(हमास द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा कम्तिमा २० हजार ५७ जना प्यालेस्टाइनीहरू मारिएका छन् भने ५३ हजार ३२० जना घाइते भएका छन् ।
करिब दुई दिनको अवरोधपछि बिहीबार राति गाजामा सञ्चार र इन्टरनेट सेवा सञ्चालन भएको प्यालेस्टिनी सुरक्षा स्रोतले जनाएको छ । इजरायलले विगत दुई दिनदेखि गाजा पट्टीको अधिकांश क्षेत्रमा हवाइ, स्थल र समुद्रबाट आक्रमण गरिरहेको छ । त्यस्तै रफाह बाहेक गाजाका अधिकांश क्षेत्रमा इजरायली सेना र सशस्त्र प्यालेस्टिनी गुटहरूबीचको लडाइँ जारी रहेको स्रोतले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ औँ महाधिवेशनमा कांग्रेसको संस्थापन समूह ‘इन्ट्याक्ट’ रहला ?
-
मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु
-
माओवादी अभियान : अध्यक्ष प्रचण्डसहितको टोली आज सर्लाही प्रवेश गर्दै
-
बुढानीलकण्ठमा भेला भएकाहरू महाधिवेशनमा एकै ठाउँ रहँदैनन्
-
कराँते महासंघको वार्षिक साधारणसभा बाराको निजगढमा
-
‘प्रधानमन्त्री र सभापति बन्ने इच्छा छ’