नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा तिलकराज पाण्डेय
काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओ पदमा नियुक्त गरेको हो ।
सीईओ छनोटका लागि परेको आवेदनमध्येबाट पाण्डेसहित पाँच जनाको नाम सर्ट लिस्टमा परेको थियो । सो सर्ट लिस्टबाट समेत समितिले तीन जनाको नाम सिफारिस गरेकोमा बैंक सञ्चालक समितिले पाण्डेलाई सीईओ नियुक्त गरेको हो ।
पाण्डेसहित नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त र प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलको नाम अन्तिम तीनमा परेको थियो ।
नवनियुक्त सीईओ पाण्डे तत्कालीन भिवोर विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मार्फत बैंकिङ क्षेत्रमा प्रवेश गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका पाण्डेसँग नेपाल राष्ट्र बैंक र अन्य २० वटाको संयुक्त लगानीमा खोलिएको नेशनल बैंकिङ इन्स्टिच्यूटमा एकेडेमिकमा डाइरेक्टरको भूमिकामा रहेर काम गरिसकेको अनुभव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता