क्रिसमसको मुखमा काठमाडौँपछि बूढानीलकण्ठले भन्यो–फरक पोसाक किन्न बाध्य पारे कारबाही हुन्छ

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोशाक भन्दा फरक पोशाक किन्न बाध्य नपार्न नगर भित्रका विद्यालय सञ्चालकहरुलाई अनुरोध गरेको छ । तोकिएको भन्दा फरक पोशाक किन्न लगाइएको गुनासो आएको भन्दै नगरपालिकाले कोही कसैले परिपत्र भन्दा बाहिर गएर पोशाक किन्न बाध्य पारे कारबाही गर्ने चेतावनी दिएको छ ।
क्रिसमस पर्वको पूर्वसन्ध्यामा नगरपालिकाका मेयर मिठाराम अधिकारीले सबै विद्यालयलाई प्रेषित गरेको पत्रमा भनिएको छ, ‘बुढानीलकण्ठ नगरपालिका भित्र संचालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न लगाईएको भन्ने गुनासो यस नगरपालिकामा प्राप्त भएकाले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ । कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम भई जाने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।’
यसअघि काठमाडौँ महानगरपालिकाले यही बेहोराको सूचना जारी गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु