मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

सैनिक स्कुललाई २९औँ आइजीपी ट्रफी

शुक्रबार, ०६ पुस २०८०, १९ : १८
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । नेपाल पुलिस स्कुल साँगाले आयोजना गरेको २९ औँ आइजीपी ट्रफी फुटबल प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालय भक्तपुरले जितेको छ ।

अन्तर माध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिताको फाइन खेलमा सैनिक आवासीय महाविद्यालयले ल्याबोरेटोरी स्कुल कीर्तिपुरलाई टाइबेकरमा  ३–० गोल अन्तरले पराजित गरेको हो । 

निर्धारित समयको खेल २–२ को बराबरीमा रोकिएपछि खेल टाइबेकरमा गएको थियो । ट्रफी विजेता सैनिक आवासीय महाविद्यालयलाई प्रहरी महानिरीक्षक वसन्त कुँवरले पुरस्कृत गरेका छन् । सैनिक स्कुलले ट्रफी र ५० हजार नगद प्राप्त गरेको छ ।

प्रतियोगितामा ल्याबोरेटोरी स्कुल कीर्तिपुर टिम द्वितीय र नेपाल पुलिस स्कुल साँगा ‘ए’ टिम तृतीय भएका छन् । द्वितीय हुने टिमले ४० हजार र तृतीय हुने टिमले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

03

पुरस्कार वितरण गर्दै आइजीपी कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई उजार गर्नुको साथै रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । नेपाल प्रहरीका स्कुलहरूले खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमार्फत प्रतिभाको पहिचान गर्दै त्यसलाई फलाउने र फुलाउने वातावरणलाई प्राथमिकता दिँदै आएको कुँवरको भनाई छ । उनले भने,‘विज्ञान र प्रविधिको आजको युगमा शैक्षिक गतिविधिलाई समयसापेक्ष, व्यवहारिक बनाउन सकेमा उपलब्धिमूलक परिणाम दिन सकिन्छ ।’

मंसिर २० गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ‘ए’ र ‘बी’ टिम, नेपाल पुलिस स्कुल धरान र सामाखुसी, सैनिक आवासीय महाविद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १६ विद्यालयका १७  टिम सहभागी थिए ।

कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले प्रतियोगिताका रनरअप टिमलाई मेडल र प्रमाणपत्र वितरण गरे । काभ्रेकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सेकेण्ड रनरअप टीमलाई मेडल तथा प्रमाणपत्र वितरण गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप