लघुवित्त बैंकर्स संघको अध्यक्षमा यादव निर्वाचित

काठमाडौँ । नेपाल लघुवित्त बैंकर संघका नयाँ कार्यसमिति चयन भएको छ । आगामी २ वर्षे कार्यकालको लागि नेशनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको १७ औँ वार्षिक साधारण सभाले उपाध्यक्षमा मेरो माईक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहाल, महासचिवमा जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जय मण्डल चयन भएका छन् ।
यस्तै सचिवमा महुली लघुवित्तका गङ्गाधर पाण्डे, कोषाध्यक्षमा हिमालयन लघुवित्तका विनोद आचार्य चयन भएका हुन् । संघको ६ जना कार्यकारी सदस्यमा आशा लघुवित्तका वद्री प्रसाद दुलाल, आत्मनिर्भर लघुवित्तका सौगात वीर चौधरी, धौलागिरि लघुवित्तका सुरेश बहादुर बम, उपकार लघुवित्तकी शारदा खत्री, आरम्भ चौतारी लघुवित्तका शिव प्रसाद ज्ञवाली र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका श्याम कटुवाल चयन भएका छन् ।
शुक्रबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले साधारण सभाको उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु
-
बिस्केट जात्राको भैरव रथ वंशगोपाल पुगेर फर्काइँदै
-
काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
दिल्ली अपराजित, घरेलु मैदानमा हार्यो बैंग्लुरु
-
चट्याङ लागेर दुई महिला गम्भीर घाइते