न्यायपरिषद्को संरचनामा सुधार गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपरिषद्को संरचनामा सुधार गर्नुपर्ने बताएका छन् । सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा समेत सधैँ विवादमा परिरहने भएकाले सो परिषदको संरचना नै सुधार गर्नुपर्ने उनको तर्क थियो ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायाधीशको नियुक्तिलाई सधैँ विवादमा पारेर कसरी न्यायालयबाट स्वतन्त्र र सक्षम न्याय सम्पादनको आशा गर्न सकिन्छ ? भनि प्रश्न समेत गरे । उनले संवैधानिक परिषद् र संसदीय सुनुवाइ समितिले पनि आफ्नो उद्देश्यअनुसार काम गर्न नसकेको बताए ।
पूर्वप्रधानन्यायाधीश कार्कीले छुट्टै संवैधानिक इजलास हुनुपर्ने प्रस्ताव पनि गरे । हाल भइरहेको संवैधानिक इजलासको कामै नभएको उनको जिकिर थियो । पूर्वप्रधानन्यायाधीश कार्कीले आफूले संविधान निर्माण गर्ने बेलामा पनि छुट्टै संवैधानिक अदालतको कुरा गरेको र अहिले पनि सोही अडानमा अडिग रहेको समेत बताए ।
पूर्वप्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि परीक्षा प्रणाली उपयुक्त हुनसक्ने विकल्प प्रस्तुत गरे । त्यसैगरी परीक्षणको माध्यामबाट पनि न्यायाधीशको छनौट गर्न सकिने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि शिक्षकहरूको पर्खाइमा शिक्षामन्त्री
-
रुपन्देहीको बेथरी मर्चवर सडक निर्माण अन्तिम चरणमा
-
भेरी अस्पतालको ओपिडी सेवा सञ्चालनमा
-
क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसले दियो वैशाख मसान्तसम्मको समय
-
शाखा अधिकृत भट्टराईविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
-
राजनीतिक दलहरू खत्तम भन्ने भाष्य निर्दलीयहरूको धन्दा हो: उपमहासचिव बस्नेत