लघुवित्त बैंकर्स संघमा सहमति जुट्न सकेन, अध्यक्षसहित तीन पदका लागि निर्वाचन हुने

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरुको छाता संगठन नेपाल लघुवित्त वित्तीय संघको भावी नेतृत्वका लागि सहमति जुट्न नसकेपछि निर्वाचनमा होमिएको छ ।
शुक्रबार राजधानीको वानेश्वरस्थित होटल एभरेष्टमा जारी संघको वार्षिक साधारण सभासहितको अधिवेशनमा आकांक्षी उम्मेदवारबिच सहमति जुट्न नसकेपछि अन्ततः नेतृत्व चयन प्रक्रिया निर्वाचनमा नै धकेलिन पुगेको हो ।
खासगरी मुख्य तीन पद अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षमा सहमति जुट्न नसकेपछि निर्वाचनमा जानुपरेको निर्वाचन अधिकृत गोविन्द चापागाईँले जानकारी दिए ।
अध्यक्षमा संघका वर्तमान कार्यसमिति कामु अध्यक्ष रामबहादुर याद र पूर्वअध्यक्ष वसन्त लम्साल चुनावी प्रतिस्पर्धामा छन् भने उपाध्यक्षमा रामहरि दाहाल र चोलाराज शर्मा जोशी भिड्दैछन् ।
यसैगरी कोषाध्यक्षमा विनोद आचार्य र शारदा कुमारी खत्रीले उम्मेदवारी दिएका छन् ।
संघको महासचिवमा भने जञ्जयकुमार मण्डल सर्वसम्मत चयन भएका छन् । यस्तै सचिवसहित दुई जना कार्यसमिति सदस्य समेत सर्वसहमतिमा नै चयन भइसकेको निर्वाचन समितिले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक