‘फाइटर’को ‘इश्क जैसा कुछ’ गीतमा ऋतिक र दीपिकाको रोमान्टिक अवतार

मुम्बई । अभिनेता ऋतिक रोशन र दीपिका पादुकोण अभिनित फिल्म ‘फाइटर’को दोस्रो गीत रिलिज गरिएको छ । ‘इश्क जैसा कुछ’ बोलको गीतमा ऋतिक र दीपिका ग्ल्यामरस लुक्समा देखिएका छन् । समुन्द्रको किनारमा खिचिएको गीतमा दुवै कलाकारलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।
गीतमा संगीत विशाल शेखरले दिएका हुन् । शेखरको अलवा शिल्पा रावको पनि स्वर गीतमा छ । ‘फाइटर’ भारतको पहिलो हवाई एक्सन फिल्म बताइएको छ । गीत सार्वजनिक भएलगतै विभिन्न प्रतिक्रिया मिलिरहेको छ । एक युजर्सले डान्सका किङ र ब्युटी क्वीन एकसाथ भनेर कमेन्ट गरेका छन् ।
अर्का एक युर्जसले वा भन्दै गीतको तारिफ गरेका छन् । उनले बलिउड फिल्मको गीतमा यस्तो सुहाउँदो केमेस्ट्री अहिलेसम्म नदेखेको समेत लेखेका छन् । कतिपयले ऋतिकको नृत्यको समेत तारिफ गरेका छन् ।
फिल्मको केही अगाडि टिजर सार्वजनिक भएको थियो । जसमा ऋतिक, दीपिका र अनिल कपुर एयर फोर्स अफिसरको रूपमा देखिएका थिए । सिद्धार्थ आनन्दको निर्देशन रहेको फिल्म २५ जनवरीमा रिलिज हुनेछ । फिल्म मार्फत पहिलो पटक ऋतिक र दीपिका एकसाथ देखिन लागेका हुन् । फिल्ममा करण सिंह ग्रोवर र अक्षय रोबरायको पनि मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमालाई व्यवस्थित गर्न काम थालिसक्यौँ : मन्त्री पौडेल
-
कोशी प्रदेशसभामा उठ्यो भ्रष्टाचारी ठहरिएका पराजुलीको विषय
-
काठमाडौँबाट ठुलो परिमाणमा ट्रामाडोल क्याप्सुलसहित २ व्यक्ति पक्राउ
-
‘नेपालमा पानी जहाज चलाउने कुरामा ठट्टा गरे, अहिले आवश्यक लाग्न थाल्यो’
-
भियतनाममा पनि पोखराकै जस्तो बेलुन विस्फोट, जन्मदिन मनाउँदा भयो यस्तो घटना
-
‘आवश्यक जनशक्ति नहुँदा जयनगर-जनकपुर रेल्वे सेवा घाटामा’