माइक्रोसफ्टले विन्डोज टेनलाई सपोर्ट बन्द गर्ने

क्यालिफोनिर्या । अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर कम्पनी माइक्रोसफ्टले विन्डोज १० अपरेटिङ सिष्टमलाई सपोर्ट अन्त्य गर्ने योजना बनाएको छ । योसँगै विश्वभर २४ करोड थान पर्सनल कम्प्युटर रद्दी बन्ने बजार अनुसन्धाता संस्था क्यानलिस रिसर्चले बताएको छ ।
यी पीसीहरुबाट करिब ४८ करोड केजी बराबरको विद्युतीय फोहोर निस्कने बताइएको छ । यो भनेको ३ लाख २० हजार ओटा कार बराबर हुनेछ । ओएस सिष्टमलाई सपोर्ट बन्द गरेपछि पनि वर्षौसम्म पीसीहरु चल्न त सक्छन् । तर यस्ता उपकरणको सुरक्षा अपडेट निकै कम हुने भएकोले यसको माग भने घट्न सक्ने चेतावनी क्यानलिसले दिएको छ ।
कम्पनीले शुल्क नलिईकन भने सन् २०२५ को अक्टोबरसम्म विन्डोज १० मा चल्ने उपकरणलाई सपोर्ट गर्नेछ । सन् २०२८ को अक्टोबरसम्म चाँहि कम्पनीले निश्चित वार्षिक शुल्क लिएर विन्डोज १० मा चल्ने उपकरणहरुमा सुरक्षा अपडेट दिन सक्ने बताइएको छ ।
यसको लागि वार्षिक शुल्क कति लिइनेछ भनेर कम्पनीले केही पनि भनेको छैन । विन्डोज ११ मा नचल्ने उपकरणहरु नष्ट गर्दा वातावरणमा हुन सक्ने क्षतिबारे भने कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जहाँ देवीलाई चढाइन्छ दाम्लो
-
हिन्दुराष्ट्रको माग गर्दै र्याली, तस्बिरहरु
-
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
-
अग्रिम जमानतको व्यवस्था गर्ने कानुन आगामी अधिवेशनमा पेस हुन्छ : मन्त्री चौरसिया
-
सुदूरपश्चिममा स्ववियु निर्वाचनः नेविसंघ पहिलो, अनेरास्ववियु दोस्रो
-
सेयर घट्दा पनि बढ्यो कारोबार, कति मूल्यको किनबेच भयो सेयर ?