मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

एपीएफले भारतीय क्लब यूपी–११ लाई दियो १०२ रनको लक्ष्य

शुक्रबार, ०६ पुस २०८०, १५ : ०२
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन शुक्रबारको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले भारतको उत्तर प्रदेशस्थित क्लब यूपी–११ लाई जितका लागि एकसय दुई रनको लक्ष्य दिएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले १९ ओभरमा अलआउट हुनुअघि एक सय एक रन बनाएको हो । एपीएफ क्लबका लागि तेस्रो नम्बरका ब्याट्सम्यान हरिशंकर शाहले ३४ रन बनाए । उनले ३२ बलमा एक छक्का र दुई चौका हिर्काए ।

लोकेश बमले पनि १० बलमा एक छक्का र दुई चौकाको मद्दतले १५ रन जोडे । सुमित महर्जनले ११ रन बनाए । अमर रौतेला १२ रनमा अविजित रहे । एपीएफ क्लबका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफ क्लबले अतिरिक्त रुपमा १० रन पायो । यूपी–११ का बलर तरुण कुमार एक्लैले पाँच विकेट लिए । उनले चार ओभरमा केवल १६ रन खर्चिएका थिए । साहिम हसनले पनि दुई विकेट हात पारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप