मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मिक्लाजुङ आमसभा

मन्त्री फेरेर भए पनि परिणाम दिनेगरी अगाडि बढ्छु : प्रधानमन्त्री प्रचण्ड

शुक्रबार, ०६ पुस २०८०, २२ : ००
शुक्रबार, ०६ पुस २०८०

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरू फेरेर भए पनि परिणाम दिने गरी काम गर्ने बताएका छन् । मोरङको मिक्लाजुङ–५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने र त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर भए पनि कामलाई गति दिने बताए ।

miklajung-janasava-prachanda (1)

कार्यक्रमलाई सम्बोधन गर्दै  प्रधानमन्त्रीले  लाभाखोला बृहत् खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता पनि व्यक्त गरे । यस्तै चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

मोरङको पथरी शनिश्चरेको सुकुम्वासीको समस्या समाधानमा पहल गर्ने, किसानले बिक्री गरेको दूधको मूल्य दुग्ध विकास संस्थालाई सहुलियत ऋण उपलब्ध गराउने पनि उनले प्रतिबद्धता व्यक्त गरे ।

miklajung-janasava-prachanda (2)miklajung-janasava-prachanda (3)miklajung-janasava-prachanda (4)miklajung-janasava-prachanda (5)miklajung-janasava-prachanda (6)miklajung-janasava-prachanda (7)miklajung-janasava-prachanda (8)miklajung-janasava-prachanda (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप