महाधिवेशनपछि नाउपा देशकै साझा पार्टी बन्नेछ : रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले महाधिवेशन पछि पार्टी देशकै साझा पार्टी बन्ने बताएका छन् । प्रथम महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेखिरहेका नेता चौधरीले यस्तो बताएका हुन् ।
नेता चौधरी भन्छन्, ‘थरुहट आन्दोलनको जगबाट स्थापित भएको हाम्रो पार्टीलाई क्षेत्रीय पार्टीको रूपमा हेरिने गरिएको छ । तर, हाम्रो सोच, भिजन र एजेन्डा कुनै एउटा भूगोल या जातजातिको मात्रै नभई समग्र देश र देशवासीका तमाम पहिचानको रक्षा गर्दै देशको विकासमा योगदान पुर्याउनु हो । त्यसैले पार्टीको राजनीतिक प्रतिवेदनले हिमाल, पहाड र तराई सम्पूर्ण देशवासीको साझा पार्टीका रूपमा अघि बढ्न मार्ग निर्देश दिनेछ ।’
नाउपाको प्रथम महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म उक्त पार्टीको आधार भूमि कैलालीको टीकापुरमा हुँदै छ । पार्टीले स्थापनाको छोटो समयमै राम्रो मत ल्याउन सफल भएको थियो ।
महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्ने पार्टीको तयारी छ । नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । महाधिवेशनमा ७७ वटै जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी गराउने पार्टीको तयारी छ ।
पार्टीको महाधिवेशन भव्य रूपमा सफल पार्नका निम्ति विभिन्न समिति तथा उपसमिति बनाएर काम तीव्र पारिएको छ । पार्टीले महाधिवेशनको आन्तरिक तथा व्यवस्थापकीय कामका साथै देशभरबाट प्रतिनिधि छनौट र अतिथिलाई निमन्त्रण दिने कामलाई तीव्रता दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला