लघुवित्त बैंकर्स सङ्घको नयाँ नेतृत्व चयन हुँदै
शुक्रबार, ०६ पुस २०८०, १२ : ५१
काठमाडौँ । लघुवित्त बैंकर्स सङ्घको नयाँ नेतृत्वका लागि शुक्रबार राजधानीमा निर्वाचन हुँदै छ । लघुवित्त वित्तीय संस्थाहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको सङ्गठन ‘नेपाल लघुवित्त बैंकर्स सङ्घ’ को आर्थिक वर्ष २०७९-८० को वार्षिक साधारण सभासहितको विशेष अधिवेशन काठमाडौँको होटेल एभरेस्टमा सुरु भएको छ ।
सोही अधिवेशनले सङ्घको नयाँ कार्यसमिति समेत चुन्ने सङ्घका कार्यवाहक अध्यक्ष रामबहादुर यादवले रातोपाटीलाई जानकारी दिए ।
सङ्घको भावी नेतृत्वका लागि वसन्त लम्साल र रामबहादुर यादवले अध्यक्षमा आकांक्षा देखाएका छन् । विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रहेका लम्साल सङ्घका पूर्व अध्यक्ष हुन् भने वर्तमान कार्यसमितिका कार्यवाहक अध्यक्ष यादव नेसनल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन