व्यापक जनपरिचालनसहित अभियान समापन गर्ने माओवादी केन्द्रको तयारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले व्यापक जनपरिचालनसहित अभियान समापन गर्ने तयारी गरेको छ । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ यही पुस १६ गते व्यापक जनपरिचालन सहित पालिकास्तरमा समापन तयारी भएको हो ।
माओवादी केन्द्रका अनुसार सबै पालिका, जिल्ला र प्रदेशहरूले अभियानको समग्र लिखित रिपोर्ट केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा पठाउन पनि मातहतका कमिटीलाई निर्देशन दिइएको छ ।
माओवादीले गत भदौ १६ देखि ७ सय ५३ वटै स्थानीय तहमा वडा केन्द्रित माओवादी विशेष रूपान्तरण अभियान चलाएको थियो । सो अभियान सुरुमा तीन महिने भनिए पनि दसैँ तिहारलगायतका चाडपर्वका कारण प्रभावित भएको भन्दै पुस १६ गतेसम्म थप गरिएको हो ।
माओवादीको पदाधिकारी बैठकले अभियान सकिएसँगै पुस अन्तिम साता स्थायी कमिटीको बैठक बोलाउने लगायतको निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत