सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुर्खेतमा लगातार अवैध सामाग्रीहरू भित्रिँदै

शुक्रबार, ०६ पुस २०८०, ०९ : २२
शुक्रबार, ०६ पुस २०८०

सुर्खेत । पछिल्लो समय सुर्खेतमा अवैध सामाग्रीहरूको ओसार–पसार बढिरहेको छ । तीन दिनमा मात्रै तीन वटा अवैध सामाग्री बोकेका सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएको हो । विशेष गरी नेपालगन्ज हुँदै सुर्खेत भित्रिने सवारी साधनहरूमा भन्सार छलिका सामाग्रीहरू भित्रिने गरेका हुन् ।

सोमबार मात्रै कोहलपुर–सुर्खेत रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–१० तोलिखोलाबाट अवैध रूपमा ओसारपसार भई आएको सुपरपावर सुर्ती ८ बोरा, १ बोरा मिठा सुपारी, दुई बोरा चकलेट प्रहरीले नियन्त्रणमा लियो ।  

नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको ना.७ ख.६०५६ न. को बसमा उक्त अवैध सामाग्री ल्याइएको थियो । व्यापारीहरूले भन्सार छलेर मालबहाक गाडी बाहेकका सवारी साधनबाट पनि ओसारपसार गर्ने गरेका छन् ।

बिहीबार पुनः सोही ठाउँबाट अवैध सामाग्री बोकेको अर्को बस पनि प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ४ जनाको प्रहरी टोलीले नेपालगन्जदेखि सुर्खेततर्फ आउँदै गरेको भे १ ख २६५४ नम्बरको   बसलाई चेक जाँच गर्ने क्रममा ६० प्याकेट मिठासुपारी, ३०० पाकेट सुपर पावर सुर्ती, २५ प्याकेट पान मसला, २७ पिस रेडिमेट कुर्ता सुरुवाल, ८ पिस उलन कुर्ता सुरुवाल, १६० पिस पातलो कुर्ता सुरुवाल गरी दुई लाख ३० हजार बराबरको सामान बरामद भएको सुर्खेत प्रहरीले जनाएको छ ।

बिहीबार राति नै वीरेन्द्रनगरबाट प्रहरीले अवैध सामाग्री ल्याएको फोर्स गाडी नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगरस्थित एरिचोकबाट प्रहरीको घुमुवा टोलीले नियन्त्रणमा लिएको हो ।

कप्र०२–००१ ख ०६९६ नम्बरको फोर्स गाडीमा ८ बोरा चिनी, चार बोरा चकलेट, एक सय पोका महेश र चार बोरा मिठासुपारी बरामद गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप