दाङको शान्तिनगर गाउँपालिकामा गरेको निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको घुइँचो

दाङ । सांसद सुनिलकुमार शर्माले दाङको शान्तिनगर गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउनेको घुँईंचो लागेको छ । बिहीबार दाङको शान्तिनगर गाउँपालिकाको कार्यालय चिराघाटमा काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविरमा १३ सय १९ जनाको स्वास्थ्य जाँच गरियो ।
काठमाडौँ मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुसहित लुम्बिनी प्रदेश पुगेका सङ्घीय सांसद सुनिलकुमार शर्माले चिराघाटमा आयोजित निःशुल्क स्वास्थ्य शिविरलाई संशोधन गर्दै जनतालाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउन सक्नुपर्ने बताए । राज्यले जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिनुपर्नेमा असफल भएको चर्चा गर्दै राज्य जनताप्रति जबाफदेही बन्न नसकेको जिकिर गरे । सांसद शर्माले शिविरबाट ओटी रेफर भएका बिरामीहरूलाई काठमाडौँ मेडिकल कलेजमा निःशुल्क अपरेसन गरिने पनि बताए ।
शिविरमा बोल्दै लुम्बिनी प्रदेश सांसद निमा गिरीले स्वास्थ्य क्षेत्रमा सांसद सुनिलकुमार शर्माले पुर्याएको योगदानको चर्चा गर्दै राज्यले ग्रामीण क्षेत्रको स्वास्थ्य सुधार गर्न बढी ध्यान दिनुपर्ने बताइन् । सांसद शर्माले व्यक्तिगत प्रयासबाट गरेका समाज सेवा र स्वास्थ्य सेवाबाट हजारौँ नागरिक लाभान्वित भएको बताउँदै उनले बढी श्रोत र साधन भएको सरकारको भूमिका कमजोर रहेको जनाइन् ।
शिविरमा १७६ जनाको भिडियो एक्सरे, १४३ जनाको ल्याब परीक्षण, ४२ जनाको इसिजी, १४१ जनाको इको गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ५३ जनाको दाँत खोलिएको थियो भने, ५३ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
शिविरमा स्त्री तथा प्रसूति रोग, बाल रोग, जनरल मेडिसिन, आँखा रोग, दन्त रोग, नसा तथा हाडजोर्नी लगायतका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए । शिविरबाट ओ.टी. रेफर भएकाहरुलाई सांसद शर्माले केएमसीमा निःशुल्क उपचारको व्यवस्था गरेका छन् । गाउँमै काठमाडौँबाट विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य टोली आएको थाहा पाएपछि स्वास्थ्य जाँच गराउन सो क्षेत्रका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू भीड लागेको थियो ।
स्वास्थ्य शिविरमा केएमसीका २५ जनाको स्वास्थ्य टोली रहेको छ । उक्त टोलीले बुधबार प्युठानको गौमुखी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेज, जोशीको सदर
-
त्रिवि केन्द्रीय क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन हुने
-
१० बजे १० समाचार : आईजीपीसहित ९ उच्च प्रहरी अधिकारी सेवा निवृत्त हुँदै, प्रचण्डको फोटो जलाएका निराजन रिहा
-
वीरगञ्जमा मितेरीपुल–नयाँबसपार्क सडक खण्डमा टाँगा चलाउन पाइने
-
टोखामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन समय दुई वर्ष थप