महामन्त्री थापाको प्रश्न : व्यवस्थाविरुद्ध बाेल्नेहरुले तागत कहाँबाट पाइरहेका छन् ?
जनकपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान व्यवस्थापनका विरुद्धमा बाेल्नेले तागत कहाँबाट पाइराखेका छन् भन्दै प्रश्न गरेका छन् ।
बिहीबार जनकपुरमा मधेस प्रदेश सम्मेलनमा महामन्त्री थापाले नेपाली कांग्रेसकाे ध्यान त्यतातिर जानुपर्नुपर्ने बताए । "व्यवस्थाका विरुद्धमा बाेल्नेहरु जनतातिर हेरिरहेका छन् । जनता आज रिसाएका छन् । तर जनता रिसाउनुको कारण अर्कै छ । जनता आज कुशासनका कारण रिसाएका छन्," उनले भने, "एक दिन उठ्दै गर्दा सुन काण्डकाे बारेमा सुन्नुपर्छ, कुनै दिन उठ्दै गर्दा शरणार्थी काण्डका बारेमा सुन्नुपर्छ, कुनै दिन उठ्दै गर्दा एनसेल काण्डकाे बारेमा सुन्नुपर्छ । आज भोलि हामी इस्टक एक्शचेन्जका बारेमा सुन्दै छौँ । एकपछि अर्को काण्डकाे कुरा सुन्दा जनता रिसाएका छन् ।"
रिसाएका जनतालाई पछाडि फर्काउन खाेज्नेले कुशासनका कारण नभनी गणतन्त्रलाई कारण देखाएको थापाको भनाई छ ।
खेतमा खेती गरेको किसानले मल पाउने र मल पाएको किसानको उत्पादनले बजार पाउने समस्या रहेको उनले बताए । "साउले ऋण फिर्ता पाउँदैन । ऋण लिएकाले सावा र ब्याज तिर्न सक्दैन । जताततै समस्या छ । समस्याबाट नागरिक आजित भएका छन् । थुप्रै आर्थिक सुधारका काम गर्नुपर्ने छ । जसले उचाल्नेले संघीयताका कारण हाे भनिदिए पुग्छ," उनले भने ।
यसरबारे राजनीतिक दलको गतिविधि हेर्नुपर्ने उनको भनाइ छ । "एमालेले बा सत्ताको पुगे सबै ठिक हुन्छ भन्छ । नयाँ दलले पाँच वर्ष थप फोहोर हुन्छ । म ८४ मा आएपछि साेहाेर्छु भन्छ," महामन्त्री थापाले भन्छन्, "मधेसबाट निर्वाचन भएर गएका दललाई मैले १२-१५ वर्षदेखि नजिकबाट नियालेर हेरिरहेको छु । काठमाडौँमा अप्ठ्यारो पर्दा दौडिएर मधेस झर्छन् । उठाे मधेस जागाे मधेस भन्छन् । सँगैमा मनमनै उठाे मधेस जागाे मधेस, उसके नाममा लुटङ्गे हाम देश भन्छन् ।"
संघीय लाेकतान्त्रिक गणतन्त्रलाई जाेगाउने जिम्मा कांग्रेसकाे रहेको थापाले बताए । "यसकाे हामी माइबाप हाे । यसलाई जाेगाउने जिम्मा हाम्रो हाे । यसमा समस्या छ । समस्याकाे हल हामीले गर्ने हाे । ४० वटा कानुन बनाउन बाँकी छ । संघको सबै भन्दा ठूलाे पार्टी हामी हाे," उनी भन्छन्, "उपप्रधानमन्त्री, मन्त्री हुनुहुन्छ, कांग्रेसका हामी सांसद छौँ । कानुन हामीले बनाउने हाे । माघ, फागुन चैतसम्म प्रहरी, सेना, कर्मचारी लगायतका कानुन बनाएर प्रदेशलाई दिनुपर्छ । प्रदेश चलाएर देखाउनुपर्छ ।"
नेताहरुले निर्वाचन प्रणालीको दुरुपयोग गरी आफ्ना आफन्तलाई समानुपातिकमा सांसद बनाउने प्रवृत्तिलाई राेक्ने हाे । कांग्रेसले विगतमा बीपी काेइराला र गिरिजाप्रसाद काेइराला नेतृत्वको सरकारले झै काम गर्नुपर्ने उनले बताए ।
"२४० वर्षमा नभएकाे काम बीपी काेइरालाकाे सरकारले २४ महिनामा गरेको हाे । पञ्चायतले ३० वर्षमा हुन नसकेको काम कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद काेइरालाे ३६ महिनामा गरेर आएकाे इतिहास छ, उनले भने, "कांग्रेसले इतिहासबाट प्रेणा लिएर अहिले काम गर्न हाे । चार वर्ष समय छ । हामीले ८४ काे चिन्ता लिनुपर्दैन ।"
८४ अगाडि मधेसमा कांग्रेस आफ्नो नेतृत्व सरकार चलाउन पानुपर्ने उनको भनाई छ । "चलाएर देखाउनुपर्छ । हाम्रो सरकार एउटा भ्रष्टाचार नगरेर कांग्रेसले सरकार कसरी चलाउछ भन्ने मधेसकाे जनतालाई देखाउनुपर्छ," उनले भने ।
आगामी चुनावमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने महामन्त्री थापाले बताए । "आगामी चुनावमा कांग्रेसले छाता ओड्ने हाेइन, साइकल चलाउने वाला छैन । हसिया हताैडा बाेक्ने वाला छैन । कांग्रेस केबल रुख हेर्ने वाला छ । गाछीमा छाप लगाउने कांग्रेस बनाउनुछ," उनले भने ।
मधेस प्रदेशका मुख्यमन्त्री सराज यादवले बाराका घटनामा कांग्रेसलाई हेप्ने दुस्साहस गरेको बताएपिछ कांग्रेसले हिसाब माग्ने बेला आएकाे महामन्त्री थापाले बताए । यहाँ हामी पहिला पार्टी हाे । "हाम्रो नेतृत्वमा सरकार बनाउने हाे । त्यसले आगामी परिणाम दिने गरि काम गराैँ," उनले भने, "एउटा उत्साहका साथ जाऊ । आज देश हामीले जिम्मा लिएका छौँ । हाम्राे हातमा शक्ति र सत्तासँगै जिम्मेवारी पनि छ ।" महामन्त्री थापाले वैदेशिक रोजगारीमा जानेहरू मधेसकै धेरै भए पनि यहीँ गरिबी नघटेको बताए ।
महामन्त्री थापाले भने,‘करिब साढे सात लाख किसान मधेसकाे छ । तर तीन लाखलाई मात्रै आफूले उत्पादन गरेको खान पुग्छ । सबैभन्दा बढी गरिबी, शिक्षा र स्वास्थ्यको समस्या मधेसमा छ। नेपालमा गरिबी जम्मा एक कारणले गर्दा घट्यो भनिन्छ। मुख्य कारण भनेको वैदेशिक रोजगारी हो । मधेसका आठ जिल्लाका मानिस सबैभन्दा बढी विदेश गएका छन् तर गरिबी यहाँ किन घट्दैन? कमाएर पठाएका छन्, तर यहाँ गरिबी किन छ समीक्षा होस्। सम्मेलन छलफल हाेस् ।’
महामन्त्री थापाले मधेस सरकार कांग्रेस नेतृत्वमा चलाउन पाउनुपर्ने पनि बताए । "उम्मेदवार बन्ने माैका कुनै एउटा नेताले दिने हाे कि सम्बन्धी ठाउँकाे पार्टी सदस्यले छान्ने हाे ? यसबारे छलफल गर्नुपर्छ,"उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’