सांसद लामाको प्रश्न : माथिल्लो कर्णालीका जनताले सुर्खेत पुग्न कहिलेसम्म उल्टो यात्रा गर्ने ?

सुर्खेत । प्रतिनिधि सभाका सांसद छिरिङ ल्हामु लामाले माथिल्लो कर्णालीका नागरिकहरूले प्रदेशको राजधानीमा पुग्न कहिलेसम्म उल्टो यात्रा गर्नुपर्ने भन्दै प्रश्न गरेकी छन् ।
जुम्ला, हुम्ला, मुगु, डोल्पा लगायतका जिल्लाका नागरिकहरू प्रदेश राजधानी सुर्खेत पुग्न नेपालगन्ज भएर आउनुपर्छ । हवाई यातायातबाट नेपालगन्ज र त्यसपछि सवारी सधानबाट सुर्खेत आउनुपर्ने बाध्यता छ । सांसद लामाले उक्त समस्या समाधान गर्न भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणको ध्यानाकर्षण गराएकी हुन् ।
‘यो मुद्दाको उठान आजको मात्रै होइन, सडकदेखि सदन हुँदै समितिसम्म निरन्तर उठाउँदै आएका छौँ,’ उनले भनिन्, ‘माथिल्लो कर्णालीका जनताले लुम्बिनी प्रदेशको नेपालगन्ज हुँदै सुर्खेत पुग्ने यो उल्टो यात्रा कहिलेसम्म गर्ने ? माथिल्लो कर्णालीका जनताले कर्णाली प्रदेश राजधानीको सुर्खेतमा प्लेनबाट अवतरण हुने सुविधा पाउनुपर्छ ।’
साना प्लेन सुर्खेतमा ‘नाइट स्टे’ गराउन आवश्यक पूर्वाधार निर्माण गर्न र सुर्खेतबाट नियमित उडान गराउन प्राधिकरणको ध्यानाकर्षण गराइएको उनले जानकारी दिइन् ।
केही वर्षअघिसम्म जुम्ला–सुर्खेत उडान हुने गरेपनि पछिल्लो समय त्यो छैन । ‘यो उल्टो यात्रा अन्यायपूर्ण छ, नेपालगंजमा हुने साना जहाजलाई सुर्खेतमा राखेर माथिल्लो कर्णालीमा उडान गर्ने व्यवस्था मिलाउनुपर्छ भनेर मैले समिति, मन्त्री र प्राधिकरणमा समेत कुरा उठाएको छु,’ उनले भनिन्, ‘यो समस्या समाधान गरिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी हाफ म्याराथनको उपाधि सेनाका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?