नेपाल-युके सम्बन्धको सय वर्ष पूरा
काठमाडौँ । नेपाल र संयुक्त अधिराज्य(युके)बिच दौत्य सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको छ । नेपाल र संयुक्त अधिराज्य(युके)का बिचमा सन् १९२३ डिसेम्बर २१ मा दौत्य सम्बन्ध कायम भएको थियो ।
बिहीबार नेपाल र युकेका बिचमा दौत्य सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको हो ।
दौत्य सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री एनपी साउदले नेपाल–युके सम्बन्धको सय वर्ष मित्रता, आपसी सहयोग र सद्भावका साथ अगाडी बढेको बताए । उनले दुई देशका बिचमा राजनीतिक, आर्थिक, पर्यटन को क्षेत्रमा सम्बन्ध भएको उल्लेख गरे । त्यस्तै व्यापार, लगानी, गोर्खा सैनिकदेखि जनताको तहसम्म सम्बन्ध प्रगाढ रहेको उनले बताए । दुई देशका बिचमा प्रजातन्त्र, मानव अधिकार, कानुनी शासन, स्वतन्त्रताको सवालमा एकै प्रकारको अवस्था रहेको उनले उल्लेख गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त अधिराज्यका राजदूत रोब फेनले नेपाल विगतदेखि नै सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको रुपमा रहेको उल्लेख गरे । उनले अहिले नेपाल विश्वमाझ चिनिएको र नेपाल धेरै मन पराइएको राष्ट्रको रुपमा रहेको उल्लेख गरे । उनले नेपालको सहयोगी राष्ट्र हुन पाएकोमा युकेले गर्व गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीकै पूर्वसहकर्मी मास्चेरानो इन्टर मियामीको नयाँ प्रमुख प्रशिक्षक !
-
हिरासतबाट दुर्गा प्रसाईंले लेखे समर्थकलाई पत्र
-
गरिब देशका लागि ३ खर्ब डलर छुट्ट्याउने निर्णयसहित सकियो कोप-२९
-
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
-
भेनेजुएली सुरक्षा बलद्वारा अर्जेन्टिनी दूतावास घेराउ
-
सरकारले स्वदेशी उत्पादनभन्दा आयातलाई जोड दिइरहेको छ : उपाध्यक्ष वैद्य