एकीकृत समाजवादीमा रामकुमारीको जिम्मेवारी परिवर्तन
बिहीबार, ०५ पुस २०८०, २२ : ००

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिव समेत रहेकी नेतृ रामकुमारी झाँक्रीको यसअघिको जिम्मेवारी हेरफेर गरेको छ ।
गत असोज ५–७ को सचिवालय बैठकपछि अध्यक्ष माधवकुमार नेपालले नेताहरुको कार्य विभाजनसहित जारी गरेको अपानिमा झाँक्रीलाई प्रवास विशेष प्रदेश अन्तर्गत युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जका रुपमा जिम्मेवारी तोकेका थिए ।
एकीकृत समाजवादीले उक्त अपानिलाई संशोधन गर्दै पुस ४ गते जारी गरेको अपानिमा भने झाँक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजनको जिम्मा दिइएको छ । योसँगै झाँक्रीको जिम्मेवारी पहिलेको तुलनामा थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वित्तीय सङ्घीयता’ शीर्षकमा ल्याएको भनिएको रकमबारे प्रस्ट पार्न सरकारसँग माग
-
कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ
-
कृषि मन्त्रालयले रोक लगाएको दुग्धजन्य वस्तु भन्सारबाट धमाधम भित्रिँदै
-
न्युजिल्याण्डसामु २ सय ३६ रनमा समेटियो बंगलादेश
-
सीमा अपराध न्यूनीकरण गर्न सशस्त्र प्रहरीसम्बन्धी कानुन संशोधन गर्न लागिएको होः गृहमन्त्री
-
कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक