स्कुटर चोरी गर्ने युवक ललितपुरबाट पक्राउ

ललितपुर । ललितपुरमा चोरीको स्कुटरसहित एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थली घर भई ललितपुर गोदावरी नगरपालिका-१२ ठेचोमा डेरा गरी बस्ने २२ वर्षीय आमोस तामाङ रहेका छन् ।
गोदावरी नगरपालिका-१२ ठेचोस्थित हिरानाथ महर्जनले सञ्चालन गरेको पसलभित्र पार्किङ गरी राखिएको बा.५८ प २३१८ नम्बरको स्कुटर, हेल्मेट, नगद लगायत अन्य धनमाल चोरी गरेको अभियोगमा तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । चोरी घटनाको अनुसन्धान गर्ने क्रममा गोदावरी नगरपालिका-१२ ठेचोमा उनलाई फेला पारी सोधपुछ गर्ने क्रममा उनले उक्त स्कुटर गत मंसिर १५ गते चोरी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
साथै उनले बागमती एएए ६४५१ नम्बरको स्कुटरसमेत काठमाडौँबाट चोरी गरी आफू बस्ने ठाउँमा पार्किङ गरी राखेको खुल्न आएको छ । उनी उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी अनुमति प्राप्त गरी आवश्यक कारबाही भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्र शाहीको आरोप : प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो राख्न लगाइयो
-
‘झुम्सा खानेपानी आयोजना चाँडो सम्पन्न गर्नुको विकल्प छैन’
-
पानीको मुद्दालाई राजनीतिकरण गरियो
-
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
-
हलेसी तुवाचुङ नगरपालिकाद्वारा ‘प्रतीक चिह्न’ सार्वजनिक