कांग्रेसले मधेसलाई साथ दिएको छ : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेस कांग्रेस साथमा उभिएपछि कांग्रेस बलियो भएको बताएका छन् । बिहीबार धनुषामा कांग्रेस मधेस प्रदेश सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘मधेस कांग्रेस साथमा उभिएपछि कांग्रेस बलियो भएको छ । कांग्रेसले पनि मधेसलाई साथ दिएको छ ।’ कांग्रेसले मधेसलाई विश्वासमा लिएर जाने प्रयास गरेको बताउँदै महामन्त्री शर्माले कांग्रेसले प्रदेशलाई प्राथमिकता दिएकोबताए । ‘कांग्रेसले पहिला राष्ट्रपतिका रुपमा मधेसका रामवरण यादवलाई शितल निवास पठायो । कांग्रेस मधेसको पनि कुरा गर्छ । पहाडको पनि कुरा गर्छ । पहाडको पानीले मधेस सिञ्चित गर्नुपर्छ ।’
उनले मधेसको सामाजिक विकृति र विसंगतिविरुद्ध युवा जुरुक्क उठ्नुपर्नेमा समेत जोड दिए । शर्माले मधेसको आत्मासम्मानमा कांग्रेस सतिशाल भएर उभिने समेत बताए । उनले भने, ‘मधेस मुस्कुराउनु पर्छ । मुस्कुराउँदा दागरहित मुहारमा मधेस मुस्कुराउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पतालको शिलान्यास गर्दै ओलीले भने- निर्माणपछि भारतका जनतालाई समेत उपचार सुविधा दिन सकिन्छ
-
पेरुका राष्ट्रपतिको ‘रोलेक्सगेट’ काण्ड खारेज
-
जात्रामय भएको छ भक्तपुर, ९ दिने बिस्काको महिमा के छ ?
-
सामान्य प्रशासनसचिव पन्थको ह्वाट्सएप ह्याक
-
रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो
-
फाइनलमा कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य