छोरीको ट्रोलिङका कारण चिन्तित छन् अजय देवगन
नयाँ दिल्ली । बलिउड अभिनेता अजय देवगन र अभिनेत्री काजोलकी छोरी न्यासा देवगन बलिउडकी चर्चित स्टारकिड्जमध्ये एक हुन् । न्यासा अहिलेसम्म फिल्म उद्योगमा छिरिसकेकी छैनन् । तर सामाजिक सञ्जालमा उनी सक्रिय छिन् । सञ्चार माध्यमहरुमा पनि छाइरहन्छिन् । तर सामाजिक सञ्जालहरुमा कयौँ कारणले गर्दा उनी ट्रोल भइरहेकी छिन् ।
हालै मात्रै कफी विथ करण८को एउटा एपिसोडमा अजय देवगनले न्यासाको ट्रोलिङलाई आफूले कसरी ह्यान्डल गर्ने गरेको बताएका थिए । छोरीको बलिउड प्रवेशबारे पनि उनले प्रतिक्रिया दिएका थिए । न्यासा बारम्बार ट्रोल भइरहेको घटनाप्रति देवगन परिवार असन्तुष्ट रहेको अजयले बताएका छन् । ट्रोल हुनु छोरीलाई मनै नपर्ने अनि आफूलाई पनि यस्तो मन नपरेको उनले बताए । तर यो कुरालाई परिवर्तन गर्न नसकिने भएकोले ट्रोलिङलाई वेवास्ता गर्दै बाँच्न सिकेको पनि उनले बताए । ट्रोल भएर पनि नीसाको व्यक्तित्वमा फरक नपर्ने अनि उ जे हो त्यही नै रहने पनि अजयले बताए । केही मान्छेले तिम्रोबारेमा बकवास गर्छन् । यसको मतलब सारा दुनियाले त्यस्तै सोच्छ भन्ने त होइन नि ?
बलिउडमा एन्ट्रीबारे के भने ?
शोमा अजयले छोरीको बलिउड प्रवेशको योजनाबारे पनि खुलासा गरेका थिए । ‘मलाई लाग्दैन कि उ यस्तो चाहन्छे । तर केही गरी स्थिति बदलियो भने मान्छेहरुले २० वर्ष पुरानो अन्तरवार्ता चलाएर अजयले त यस्तो भनेका थिए भन्छन् । त्यसैले अहिले नै भन्नु बेवकुफी हुनेछ । बच्चाबच्चीलाई जे मन पर्छ, उनीहरु त्यही गर्छन्,’ अजयले भने । यसअघि काजोलले पनि छोरीको ट्रोलिङबारे प्रतिक्रिया दिएकी थिइन् । ‘ट्रोलिङ सामाजिक सञ्जालको एउटा बहुतै अजीब हिस्सा बनेको छ भन्ने मलाई लाग्छ । तिमीलाई ट्रोल गरियो भने तिमीप्रति अरुको ध्यान जान्छ । कसैले ट्रोल गर्नेबित्तिकै तिमी चर्चित हुन्छौँ । यस्तो लाग्छ कि जबसम्म कसैको ट्रोल हुँदैन तबसम्म उ चर्चित भएको जस्तै लाग्दैन,’ एउटा अन्तरवार्तामा काजोलले भनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैलेख बस दुर्घटना अपडेट : ८ जना घाइते
-
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा थप गरिएका सदस्यलाई कार्यादेश प्रदान
-
मन्त्रिपरिषद् निर्णय : ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप
-
अमेरिकामा अडानीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टि
-
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
-
पत्रकार आचार्यलाई धम्क्याएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण