कांग्रेसमा एकता र सहिष्णुता चाहिएको छ : प्रवक्ता महत

जनकपुर । नेपाली कांग्रेस प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले पार्टीमा एकता र सहिष्णुताको आवश्यकता औँल्याएका छन् ।
नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा उनले मधेसमा कांग्रेस बलियो हुँदा मात्र देशमै नेपाली कांग्रेस बलियो हुने बताए । ‘त्यसका लागि पार्टीमा एकताको आवश्यकता छ । पार्टीमा छलफल र सहिष्णुता चाहिएको छ’, उनले भने । पार्टीमा सबै पुस्ताको एकीकृत भएर पार्टी बलियो बनाउनुपर्ने बताए ।
नेपाली कांग्रेसले मात्र सामाजिक र आर्थिक विकास गर्न सक्ने उनले बताए । ‘मधेसीवादीले कुनैपनि कुरा स्थापित गर्न सक्दैनन् । नागरिकको निवास दिएको छ,’ उनले भने । अर्थमन्त्री महतले अर्थतन्त्र सुधारमा आएको भन्दै विकासले गति लिने बताए । मधेस प्रदेशमा सिचाइ, बाटो र खानेपानीको समस्या सरकारले समाधान गर्ने अर्थमन्त्री महतले बताए ।
संविधानले संघीयताका मर्म अनुसार दिएको अधिकार चाँडै कार्यान्वयनमा जाने उनको भनाई छ । यस्तै प्रदेश र स्थानीय तहको सरकारले पनि काम गरेर कांग्रेसको पक्षमा महोल बनाउनुपर्ने महतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०४६ को जनआन्दोलनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको योगदान महत्वपूर्ण : महत
-
सेवा र विद्युतीय व्यापार प्रवर्द्धनमा सरकार
-
वैदेशिक रोजगार विभागका महानिर्देशक खत्री मन्त्रालय तानिए, भुसाल गए
-
ऊर्जा क्षेत्रमार्फत गरिब तथा विपन्न नागरिकलाई सम्पन्न बनाउन सकिन्छ : मन्त्री खड्का
-
शिक्षकहरूका जायज माग सम्बोधन गर्न तयार छौँ : प्रधानमन्त्री
-
शिक्षकका जायज माग सम्बोधन गर्न तयार छौँ : प्रधानमन्त्री