प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनी प्रदेशविरुद्ध १०२ रन बनायो गण्डकी प्रदेशले

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई जितका लागि एकसय तीन रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको गण्डकीले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय दुई रन बनाएको हो ।
गण्डकीका लागि ओपनर अञ्जली विश्वकर्माले ३० रनको योगदान गरिन् । उनले ५१ बलको सामना गरी चार चौका पनि हिर्काइन् । अर्की ओपनर सृजना पौडेलले पनि २३ बलमा तीन चौकाको मद्दतले १९ रन बनाइन् । सुमन खतिवडाले टोलीको खातामा अविजित ३३ रन थपिन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी सुमनले केवल १८ बलमा पाँच चौका प्रहार गरिन् । सिमाना केसी दुई र ज्योत्सनिका मरासिनी पाँच रनमा आउट भए ।
सृष्टि जैसी दुई रनमा पेभेलियन फर्किइन् भने कप्तान कुसुम गोदार एक रनमा अविजित रहिन् । गण्डकी प्रदेशले अतिरिक्त रुपमा १० रन पायो । लम्बिनीका बलर कमला जीएम, सरस्वती पुन र मधु डीसीले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी
-
प्रमुख प्रशासकीय अधिकृत छानबिन कार्य खुलाउन काठमाडौँ महानगरलाई मन्त्रालयको पत्र
-
पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ : सभापति देउवा
-
निरन्तर दश दिन बढेपछि सेयर बजारले लियो विश्राम, कारोबार झनै बढ्यो
-
कुनै बेला मार्चमा सुरु हुन्थ्यो नयाँ वर्ष, कसले सार्यो जनवरीमा ?
-
‘जनै हराएको बाहुन’ भदौमा रिलिज हुने