कांग्रेस मधेस प्रदेश सम्मेलनमा मर्यादाको विवाद, विमलेन्द्र मञ्चमै गएनन्

काठमाडौँ । नेपाली कांग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनको उद्घाटन कार्यक्रममा मर्यादाक्रमले विवाद देखिएको छ । बिहीबारदेखि जनकपुरको तिरहुतिया गाँछीमा सुरु भएको कांग्रेसको मधेश प्रदेश सम्मेलनको उद्घाटनमा मर्यादाक्रमको विवाद देखिएको हो ।
सभापति शेरबहादुर देउवापछिको वरियता नपाउने भएपछि नेता शेखर कोइराला सम्मेलनमै सहभागी भएनन् । मधेस प्रदेश सम्मेलनमा कोइरालासँगै नेता विमलेन्द्र निधिले वरियताका विषयमा असन्तुष्टि जनाएका छन् ।
कांग्रेस पूर्व उपभापति समेत रहेका निधिले पटक पटक बोलाउँदा पनि मञ्चमै आसन ग्रहण गर्न अस्वीकार गरेका छन् । उनी दर्शकदीर्घमै बसिरहेका छन् । सम्मेलनको पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।
सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, फर्मुल्लाह मन्सुर, प्रवक्ता प्रकाशशरण महत लगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरू सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङमा हात्तीको आक्रमणमा परी १३ वर्षमा १६ जनाले गुमाए ज्यान
-
बलिउड अभिनेता देव मुखर्जीको निधन
-
वनमन्त्री शाहीद्वारा जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण
-
यी किशोरीले १६ लाख पाउन्डमा बेचिन् आफ्नो कौमार्य
-
माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकको धर्ना
-
बदनियत साथ दुर्घटना गराउने चालकको कैद तथा सजाय घटाउने गरी विधेयक ल्याउने तयारी